Kanakai Online

अर्जुनधारामा निशुल्क हातखुट्टा बितरण


शुक्रवार, मंसिर २०, २०७६ |

कनकाई अनलाईन
झापाको अर्जुनधारा जलेश्वर धाममा महाविर सेवा सदन भारत कलकत्ताको प्राविधिक सहयोगमा हातखुट्टा नहुनेहरुका लागि कृतिम हातखुट्टा प्रदान गरिएको छ ।
धामको ३७ औ बार्षिक अनुष्ठानमा आयोजित सो शिविरमा देशभरका ३ सय ५० जनालाई निशुल्क कृतिम खुट्टा र २० जनालाई हात वितरण गरिने महाविर सदनका प्राविधिक मुकेशकुमार पाण्डेले बताउनुभयो । सो शिविर अर्जुनधारामा मंसिर २० गतेसम्म चल्ने बताइएको छ ।
यसअघि धाम परिसरमै आयोजित ३ दिवशीय निशुल्क आँखा शिविरमा समेत ३७ जना आखाँका बिरामीले आखाँजाच गराएका थिए । शिविर विदुषि महिला गुरु हेमानन्द गिरीको पहलमा संचालन भइरहेको छ । गिरीका अनुसार देशभर सेवा सदनको सहयोगमा १० हजार जनालाई कृतिम हातखुट्टा प्रदान गरिने कार्यक्रम छ ।

एचडियु पाइपबाट निर्माण गरिने कृतिम हातखुट्टा निर्माणका लागि भारतीय एकलाख रुपैँया सम्म लाग्ने र यसको आयु तीन बर्ष सम्म रहने प्राविधिक पाण्डेले बताउनुभयो । इलाम चुलाचुली ५ का ४४ बर्षिय अमृतकुमार राई १० बर्षपहिले सवारी दुर्घटनामा परि खुट्टा गुमाएपनि आर्थिक अभावकै कारण एउटा खुट्टाले हिडडुल गर्नुपर्दा समस्या पर्ने गरेकोमा हाल आएर दुबै खुट्टाले हिड्ने धोको पूरा भएको भन्दै खुसी व्यक्त गर्नुभयो । कृतिक हात, खुट्टा बितरणका लागि पुग्नुभएको बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुबकुमार शिवाकोटी लगायातले सेवा सदनको कार्यको खुलेर प्रसंसा गर्नुभयो ।

सम्बन्धित खबर