कनकाई अनलाईन
लम्जुङको सुन्दरबजार नगरपालिका २ मा मतगणना सकिएको छ । सो वडामा नेकपाका नविन कुमार श्रेष्ठ बिजयी भएका छन । उनले ९९३ मत ल्याए भने नेपाली काँग्रेसका प्रकाश सँढाई ४८२ मत ल्याए । कुल ११ मत बदर भएको थियो ।
यसअघि कुमाख गाउँपालिका वडा नम्वर ५ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का धर्मे बुढाथोकी ९ज्वाला० निर्वाचित भएका छन् ।
निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार खड्कबहादुर बोहरालाई फराकिलो अन्तरमा हराउँदै बुढाथोकी निर्वाचित भएका हुन् ।
नेकपाका धर्मे बुढाथोकीले ७९२ मत ल्याएर विजयी भएका छन् भने नेपाली कांग्रेसका खड्कबहादुर बोहराले २५१, राप्रपाका गोपाल शाहले २१ मत ल्याएका छन् । ६० मत बदर भएको जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ ।
कुल १ हजार ८ सय ३९ मतदाता रहेको वडामा अध्यक्ष पदका लागि आज भएको निर्वाचनमा १ हजार १ सय २४ जनाले मतदान गरेको जिल्ला निर्वाचन अधिकारी हरिबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।
तत्कालीन वडा अध्यक्ष हरिप्रकाश बुढाथोकी जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वाचित भएपछि वडा अध्यक्ष पद खाली भएको थियो ।
यसअघि आजै भएको निर्वाचनमा रोप्लाको थपाड र कंचनपुरको पुर्नवासमा समेत नेकपाका उम्मेद्धार अत्याधिक मतका साथ बिजयी भएका थिए ।