Kanakai Online

कनकाईका अगुवालाई सेनाको तालिम


शनिवार, मंसिर १४, २०७६ |

कनकाई अनलाईन
झापाको अति विपद स्थानका रुपमा परिचित कनकाई नगरपाकिलाका अगुवा रेडक्रसकर्मी, जनप्रतिनिधि तथा पत्रकारका लागि २ दिने विपत न्युनिकरण प्रतिकार्य तालिम सुरुङ्गामा सुरु भएको छ ।
कनकाई नगरपालिकाको आयोजनामा भएको सो तालिममा श्रीनाथ गण चारआली ब्यारेकका सेनानी दिनेश भण्डारी र नभराज फुयाँलले विपदका वेला उद्धारका लागि खटिएका स्वायमसेवकहरुले अपनाउनुपर्ने सुरक्षा र समन्वयका वारेमा प्रशिक्षण दिइरहनुभएको छ ।
प्रशिक्षणमा ४० जनाको सहभागिता रहेको छ । कनकाई नगरपालिका क्षेत्रमा मात्रै साना ठुला गरि आधा दर्जन खोला खोल्सा हरुमा बर्षेनी ठुलो मात्रमा जनधनको क्षति हुनेगरेकोले थप विपदबाट बच्न र उद्धार कार्यमा सहयोग गर्नका लागि नगरपालिकाले तालिमको आयोजना गरेको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभयो ।