Kanakai Online

कोटीहवन धार्मिक पर्यटकिय स्थल बन्छ राई


शनिवार, मंसिर १४, २०७६ |

कनकाई अनलाइन
झापाको कनकाई ४ माइधामस्थित श्रीकृष्ण प्रणामी मन्दिर स्थापनाको २५ वर्ष पुरा भएको अवसरमा शुक्रवार एक विशेष समारोहका विच मन्दिरको रजत महोत्सव उद्घाटन गरीएको छ ।

रजत महोत्सवको १ नं। प्रदेशका मुख्य मन्त्री शेरधन राईले पानसमा द्विप प्रज्वलन गरी उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै मुख्य मन्त्री राईले झापाको पवित्र कनकाई धाम कोटीहोम क्षेत्रलार्इृ पर्यटकीय धार्मिकक्षेत्रको रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन् ।

मुलुकवाट हिंसा, हत्याको अन्त्य भएपछि अब सवै नेपालीको    मुलुकवाट हिंसा, हत्याको अन्त्य भएपछि अब सवै नेपालीको स्वाभिमानकालागि धार्मिक सहिष्णुताका साथ जनता एक जुट भएकाले मुलुक समृद्धि तर्फ अघि बढेको मुख्य मन्त्री राईले वताएका छन् । समाजलाई सभ्य र सुसंस्कृत बनाउँनकालागि हरेक क्षेत्रमा महायज्ञ आयोजना गर्नु अति आवश्यक हुँदै गएको प्रष्ट पार्दै मुख्य मन्त्री राईले मुलुकको समृद्धिकालागि धार्मिक पर्यटनको विकासलाई जोड दिनु पर्ने वताएका छन् ।     श्रीकृष्ण प्रणामी सत्सङ् सेवा परिषद झापा स्थापनाको ५० वर्ष पूरा भएको साथै श्रीकृष्ण प्रणामी मन्दिरको समेत स्थापनाको २५ वर्ष पूरा भएको अवसर पारेर मन्दिरको रजत महोत्सव मनाउँन लागिएको वताइएको छ । कार्यक्रम समुद्घाटन पूर्व स्थानीय विभिन्न जातजाती, संघसंस्थाहरुको झाँकी सहितको कलश यात्राले सुरुङ्गा वजार परिक्रमा गरेको थियो । मूल समारोह समितिका अध्यक्ष विष्णु प्रसाईँको सभापतित्व रहेको कार्यक्रम समुद्घाटनसँगै सात दिन सम्म श्रीमद तारतम सागर २७ पाठ पारायण एवम् श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ संचालन हुने मूल समारोह समितिका महासचिव छवि थपलियाले वताएका छन् ।
मुलुकवाट हिंसा, हत्याको अन्त्य भएपछि अब सवै नेपालीको स्वाभिमानकालागि धार्मिक सहिष्णुताका साथ जनता एक जुट भएकाले मुलुक समृद्धि तर्फ अघि बढेको मुख्य मन्त्री राईले वताएका छन् । समाजलाई सभ्य र सुसंस्कृत बनाउँनकालागि हरेक क्षेत्रमा महायज्ञ आयोजना गर्नु अति आवश्यक हुँदै गएको प्रष्ट पार्दै मुख्य मन्त्री राईले मुलुकको समृद्धिकालागि धार्मिक पर्यटनको विकासलाई जोड दिनु पर्ने वताएका छन् ।     श्रीकृष्ण प्रणामी सत्सङ् सेवा परिषद झापा स्थापनाको ५० वर्ष पूरा भएको साथै श्रीकृष्ण प्रणामी मन्दिरको समेत स्थापनाको २५ वर्ष पूरा भएको अवसर पारेर मन्दिरको रजत महोत्सव मनाउँन लागिएको वताइएको छ । कार्यक्रम समुद्घाटन पूर्व स्थानीय विभिन्न जातजाती, संघसंस्थाहरुको झाँकी सहितको कलश यात्राले सुरुङ्गा वजार परिक्रमा गरेको थियो । मूल समारोह समितिका अध्यक्ष विष्णु प्रसाईँको सभापतित्व रहेको कार्यक्रम समुद्घाटनसँगै सात दिन सम्म श्रीमद तारतम सागर २७ पाठ पारायण एवम् श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ संचालन हुने मूल समारोह समितिका महासचिव छवि थपलियाले वताएका छन् ।
श्रीकृष्ण प्रणामी युवा परिषद १ नं। प्रदेशका अध्यक्ष एवम् मूल समितिका सहअध्यक्ष अनिल ढुङ्गानाको स्वागत तथा समितिका महासचिव छवि थपलियाले संचालन गरेको उद्घाटन समारोहमा झापा क्षेत्र नं।४ का प्रतिनिधी सभा सदस्य एलपी साँवा लिम्बू, नेकपा १ नं। प्रदेशका अध्यक्ष देवराज घिमिरे, प्रदेश सभा सदस्य हिराकुमार थापा, कनकाई नगर उपप्रमुख मन्जु प्रसाई, श्री १०८ मोहन प्रियाचार्य  श्री १०८ अमृतराजजी महाराज लगायतले रजत महोत्सवको सफलताको शुभकामना व्यक्त गरेका थिए ।