Kanakai Online

अर्जुनधारा मेयर रानालाई पितृशोक


बुधवार, मंसिर ११, २०७६ |

कनकाई अनलाईन
अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार राना मगरलाई पितृ शोक परेको छ । नगर प्रमुख रानाका बुवा ८३ वर्षीय रामबहादुर राना मगरको बुधबार साँझ ५ बजे अर्जुनधारा –११ स्थित निजी निवासमा निधन भएको हो ।

उनी कलेजोसम्बन्धी रोगबाट पीडित थिए । तीन साताअघि उपचारका लागि बिर्तामोडको बिएण्डसी हस्पिटलमा लगिएको थियो ।
उपचारपछि एक साताअघि उनलाई घर ल्याइएको उनको परिवारले जनाएको छ । उनको श्रीमती पवित्रा, छोराहरु जेठा हरिकुमार, माइला पुष्प र स्व। तारा राना, छोरीहरु मीना, स्व। मैया, १३ जना नातिनातिनी र ८ जना पनाति–पनातिनी रहेका छन् ।

उनको पार्थीव शरीरलाई भोलि ९बिहीबार० बिहान १० बजे कनकाई माइ नदीमा अन्त्येष्टि गरिने परिवारजनले जनाएको छ ।नगर प्रमुख रानालाई गत फागुन ३ गते पत्नि शोक परेको थियो । उनका ५९ वर्षीया श्रीमती शान्ति राना मगरको निधन भएको थियो ।