कनकाई अनलाईन
सुरुङ्गा । झापाको कनकाई नगरपालिका ४ त्रिवेणी टोलमा रहेको पुकार अपाङ्ग असक्त समाजमा रहेका अपाङ्ग अनाथ वालवालिकाहरुको भरण पोषणको अक्षय कोषका लागि आइतवारदेखि श्रीमद् भागवत ज्ञान महायज्ञ शुरु गरिएको छ ।
कनकाई नगरपाकिलाका प्रमुख राजेन्द्रकुमार पोखरेलले निशुल्क प्रदान गरेको एक कठ्ठा जमिनमा एनएनबी बैँकले २५ लाख ४६ हजार रुपैँयाको लागत यहाँ रहेका १६ जना अनाथ अपाङ्ग बालवालिकाका लागि आवाश बनाइदिएको हो । त्यहाँ आवाशमा रहेका वालवालिकाका लागि खाना, औषधोउपचार र शिक्षाका लागि अक्षयकोष निर्माणका लागि सो महायज्ञ लगाइएको आयोजक समितिकी अध्यक्ष निर्मला ओझाले बताउनुभयो । महायज्ञको यस क्षेत्रको संघिय सांसद एलपि साँबा लिम्बुले उद्घाटन गर्नुभयो । साँबाले मानविय सेवाका लागि यसमा सहयोग गर्नु उत्कृष्ट समाज र परोपकारी कार्य भएको भन्दै सबैमा सहयोग गर्न आव्हान गर्नुभयो । सरकारले समेत १० लाख रुपैँया समाज कल्याण मन्त्रालयबाट उपलब्ध गराइदिएको साँबाले बताउनुभयो । जग्गादाता तथा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र कुमार पोखरेलले स्थानीय सरकार र आफुले समेत यस संस्थालाई निरन्तर सहयोग गरिरहने प्रतिवद्धता जनाउनुभयो ।
कनकाई नगरपालिका वार्डनम्बर ४ का वार्डध्यक्ष असक्त र अनाथको सेवामा निरन्तर लागिरहने निर्मला ओझा र यसको सिङ्गो टिमको खुलेर प्रशसा गर्नुभयो । आफ्नो वार्डमा रहेकोले यसको संरक्षणमा कुनै कमि नहुने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा युवा पंण्डित आशुतोष खनालको प्रमुख वाचन र पंण्डित रमेश अधिकारीको सहवाचनमा आगामी र्मंसिर ८ गते यस महापुराणको समापन हुने आयोजक समितिका सचिव गोविन्द सुवेदीले बताउनुभयो । पुराण सम्पन्न गर्नका लागि रघुनाथ भट्टराई , देविप्रसाद खरेल, कविता वस्नेत , खगेन्द्र अधिकारी लगायात रहेको पुराण आयोजक मुल समारोह समिति समेत बनेको छ ।