कनकाई अनलाईन
जलथल र हल्दिबारी गाउँपालिका वडा नम्बर ४ जलथल खानेपानी तथा सरसफाइको कार्यालय नजिक एक अजिंगर फेला परेको छ ।
स्थानीय मदन मैनालीको खेतमा धान काट्ने क्रममा शुक्रबार दिउँसो ४ बजे अन्दाजी ३५र४० केजीको जंगली अजिङ्गर फेला परेको रातमाटे सामुदायिक वन उपभोक्ता समूहका लेखा संयोजक अबिशेक खतिवडाले जानकारी दिए ।
अजिंगरलाई जलथल प्रहरी चौकी इन्चार्ज भरत कोइराला ,सामाजिक अभियन्ता अबिशेक , जलथल शाखाकी फोरेस्ट एक्सन पब्लिक मोबिलाइजर देबिका अधिकारी लगायतको टोलीले समातेर पाथीभरा कालिका बनमा छोडेको खतिवडाले बताए ।
जिल्ला वन कार्यालय झापा,सामुदायिक वन कार्यालयका प्रतिनिधी, प्रहरी हवल्दार धर्मेन्द्र पण्डित ,प्रहरी जवान महेश थापा लगायतले बोरामा बोकेर वनमा छाडेका थिए ।