Kanakai Online

झापा नागरिकता काण्ड ६ भाई जेल चलान


बुधवार, कार्तिक २७, २०७६ |

कनकाई अनलाईन
झापामा झुटो विवरण पेश गरि नागरिकता लिएको आरोपमा पक्राउ परेका ६ जना पुर्वक्षका लागि जेल चलान भएका छन ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार झुटा विवरण पेश गरि किर्ते नागरिकता बनाएको कसुरका आधारमा ६ जना जिल्ला कारागार जेल चलान भएका हुन । साविक शिवगंज ४ घरभई हाल बिर्तामोड नगरपालिका ५ बस्ने ५० बर्षिय टेकबहादुर गुरुङ, भद्रपुर नगरपालिका १० का ५४ बर्षिय प्रेमप्रसाद तिम्सिना, सोहि स्थानका ४१ ब्र्षिय भीमबहादुर लिम्बु , भद्रपुर नगरपालिका ७ घरभई जिल्ला प्रशासन कार्यालय भद्रपुरमा खरिदार पदमा कार्यारत कर्मचारी ४६ बर्षिय तेजेन्द्र न्यौपाने , भद्रपुर नगरपालिका १० बस्ने तत्कालिन बिर्तामोड नगरपालिका ८ का वडासचिव लोकराज वराल र भारत किसंनगंज घरभई बिर्तामोड नगरपालिका ८ बस्ने २३ बर्षिय मुस्तफा आलम रहेका छन । उनीहरु सबैलाई केन्द्रिय अनुसन्धान ब्युरोले छानविन गरि गृह मन्त्रालय समेतले झुटा विवरण पेश गरेको प्रमाणित भएकोले जेल चलान गरिएको हो । उनीहरुलाई जिल्ला अदालतको आदेश अनुसार पुपक्षका लागि जेल चलान गरिएको हो ।
उनीहरुमध्ये तिम्सिना, लिम्बुलाई भने जनहि एक लाख रुपैँया धरौटी मागिएकोमा तिर्न नसकेपछि जेल चलान गरिएको तथा अन्यलाई अदालतको आदेश अनुसार पुपक्र्षका लागि जेल चलान गरिएको प्रहरीले जनाएको छ । यस मुद्धामा अझै ४० बढी प्रतिवादीहरु फरार रहेकोले खोजी कार्य जारी रहेको बताइएको छ । उनीहरु सबैलाई झुटो बिवरण पेश गरि नागरिकता बनाइदिएको, लिखत सम्बन्धि कसुर , नागरिकता तथा राहदानी किर्ते मुद्धामा कारागार चलान गरिएको हो ।