Kanakai Online

प्रधानमन्त्री हुर्किएको गाउँ पिच हुदै


आइतवार, कार्तिक २४, २०७६ |

लीलाराज झापाली
चप्रामारी । पुर्वपश्चिम राजमार्गदेखि झापाको पुरानो सदरमुकाम झापा बजार कुमरखोद सम्म जोड्ने २४ किलोमिटर सडकको शिल्यान्यास भएको छ ।
प्रधानमन्त्री केपि शर्मा ओलीको वाल्यकाल समेत विताउनुभएको यस सडकको आइतवार प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले शिल्यान्यास गर्नुभएको हो । पुर्वाधार विकास कार्यालयबाट बन्न लागेको उक्त सडक कनकाई नगरपालिका क्षेत्रको ७. ८ किलोमिटरको ४७ करोडमा कनकाई आशिस जेभी र झापा गाउँपालिका तर्फको १८ किलोमिटर सडक तुँदी रोशन मैनाचुली जेभीले ५७ करोड रुपैँयाको लागतमा निर्माण गर्न लागेका हुन ।
सडक शिल्यान्यास गर्दै प्रदेश सरकारका मुख्यमन्त्री राईले ४ बर्षको सडक निमार्णको समयसिमा भएपनि ३ बर्षभन्दा कम समयमा उक्त सडक सक्नका लागि सम्बन्धित ठेकेदार कम्पनीसग अनुरोध गर्नुभयो । यसका लागि प्रदेश सरकार र सम्बन्धित निकाय साथ र सहयोग गर्न तयार भएको बताउनुभयो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले नेपाल देश बन्ने प्रक्रियामा गइसकेकोले देशका तीनै तहका जनप्रतिनिहरु कुर्सीमा बस्न र रातो झण्डावाल गाडीमा गुड्न मात्रै निर्वाचित नभएको बरु सुखी नेपाली समृद्ध नेपालको महाअभियानलाई साकार पार्न सरकारमा गएको बताउनुभयो । कतिपय व्यक्तिहरु अझैपनि संघियताले देश खोक्रो बनाउछ भन्ने गलत प्रचार गरिरहेको भन्दै सिंहदरभारबारबाटमात्रै देशको तराई पहाड र हिमालको समस्या नदेखिने र समस्याको समाधान समेत नहुने भएकोल संघिय सरकारको जरुरी भएको बताउनुभयो । देशको खुसी र समृद्धिका लागि संघियता रोजिएकोले अव त्यस अविभारा पूरा गर्न तर्फ सरकार लागि पर्ने समेत बताउनुभयो । सरकारले प्रदेश नम्बर एकमा समेत चिन तथा भारतका धेरै नाकाहरु खोल्ने तयारी गरिरहेको भन्दै यस क्षेत्रको अमरपथ खण्डमा समेत सडक निर्माण पछि नाका संचालनमा ल्याइने बताउनुभयो । सरकार समृद्धिको यात्रामा एकपछि अर्को पाइला राख्दै गएको भन्दै सडकपछि कृषि उत्पादन , पर्यटन, उर्जामा समेत फड्को मार्दै जाने बताउनुभयो ।
कार्यक्रममा संघिय सांसद लालप्रसाद साँबा लिम्बुले यसअघि यस अमरपथ सडकको नाम विक्रि गरेर धेरै नेता मन्त्री सांसद भएपनि हालसम्म निर्माण हुन नसकेको भन्दै अव तोकिएको मितिभन्दा चाडै सडक पूरा हुने बताउनुभयो । प्रदेश सभा सदस्य हिरा थापाले पंचायती कालमा प्रधानमन्त्री कितिनिधि विष्टले यस सडकको शिल्यान्यास गरेपनि हालसम्म निर्माण नभएको बताउनुभयो ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले हिलो र धुलोबाट सयौँ बर्षदेखि आर्जित भएका जनताहरु अब कम्तीमा गुणस्तरीय जीवन जिउन सक्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा झापा गाउँपालिकाकी उपाध्यक्ष कुन्तीदेवि बुडाथोकी लगायातले धारणा राख्नुभएको थियो । पुर्वपश्चिम राजमार्ग कनकाई नगरपालिकाको सुरुङ्गादेखि नेपाल भारत सिमा भारतको डिगलबैँक नाकासम्म जोड्ने सो सडक झापा बजारबाट झापाको पुरानो सदरमुकाम चन्द्रगढीमा सारेसगै जीर्ण बनेको थियो । सडक जीण भएसगै सो क्षेत्रमा रहेको छोटी भन्सार समेत काँकडभिट्टामा गाभिएको थियो ।
तस्वीर ः सुरुङ्गा झापा जोडने अमरपथ सडकको शिल्यान्यास गर्नुहुदै प्रदेशका मुख्यमन्त्री शेरधन राई फोटो ः लीलाराज झापाली