Kanakai Online

आदर्श विद्या मन्दिरमा पूर्वविद्यार्थी समाज गठन


आइतवार, कार्तिक २४, २०७६ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ९ घैलाडुबास्थित आदर्श विद्या मन्दिरमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको भेलाले पूर्व विद्यार्थी समाज आदर्श विद्या मन्दिर घैलाडुब्बा गठन गरेको छ ।

आफूले अध्ययन गरेको आदर्श विद्या मन्दिरको शैक्षिक उन्नयन र श्रीवृद्धिका लागि सहयोग पुर्याउदै रचनात्मक क्रियाकलाप गर्ने उद्देश्यले प्रेमप्रसाद चम्लागाईंको अध्यक्षतामा पूर्व विद्यार्थी समाज आदर्श विद्या मन्दिर घैलाडुबा गठन गरिएको हो ।

नव गठित समितिको उपाध्यक्षमा राजु भुजेल , डिल्लीमाया उप्रेती ,सचिबमा रुद्रबहादुर बोहोरा, सहसचिवमा किशोरप्रसाद चम्लागाईं, कोषाध्यक्षमा ऋतुकला नेपाल निरौला रहेका छन् ।

त्यस्तै सदस्यहरुमा कमला न्यौपाने निरौला, राजु शिवाकोटी, मनोज खनाल, सिता दाहाल सापकोटा ,मनोरथ राजवंशी रहेका छन् । यसअघि तर्दथ समिति गठन गरिएकोमा त्यसलाई विगठन गर्दैै नयाँ समिति गठन गरिएको बताइएको छ ।

समाजले आदर्श विद्या मन्दिर घैलाडुब्बामा अध्ययन गरेका सबै पूर्व विद्यार्थीहरुलाई सहभागिता गराएर आदर्श विद्या मन्दिर घैलाडुब्बालाई रचनात्मक तथा सृजनात्मक सहयोग गर्दै बिद्यालयकोे भौतिक बिकास तथा बिद्यार्थीहरुको शैक्षिक स्तरन्नोतिमा सहयोग गरिने बताइएको छ ।

यसैवीच पुर्ब बिद्यार्थी समाजले आदर्श विद्या मन्दिर घैलाडुब्बाकी पुर्ब बिद्यार्थी चिन्ता सेलवाल गौतमलाई उपचारका लागि आर्थिक सहयोग गरेको छ । पुर्ब बिद्यार्थी समाजका अध्यक्ष प्रेमप्रसाद चम्लागाईंले पुर्ब बिद्यार्थी चिन्ता सेलवाल गौतमलाई ३० हजार रुपैयाँ हस्तानतरण गरेका थिए ।

पुर्ब बिद्यार्थी समाजले आदर्श विद्या मन्दिर घैलाडुब्बामा अध्ययनरत् विद्यार्थीहरुलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्धेश्यले शुद्ध खानेपानी ट्यांकी सञ्चालनमा ल्याएको वताए । पुर्ब बिद्यार्थी समाजका अध्यक्ष प्रेमप्रसाद चम्लागाईंको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रुद्रबहादुर बोहोराले गरेका थिए ।