Kanakai Online

बिदेशको सीपमा झापा गाउँपालिका कोला जोन हुदै


शनिवार, कार्तिक २३, २०७६ |

कनकाई अनलाईन
झापा गाउँपालिका ३ कामाटोलीका युवा चन्द्रप्रसाद बस्नेतले दुई बर्ष इजरायलमा कृषि तालिम लिई आफ्नै गाउँमा व्यावसायिक केरा खेती सुरु गर्नु भएको छ ।
साना किसान कृषि सहकारीको माध्यमबाट एक बर्ष कृषि तालिम गरि फर्केपछि बस्नेतले आफ्नै गाउँमा एग्री सेन्टर झापाको व्यावसायिक फर्म दर्ता गरि व्यावसायिक केरा खेती सुरु गर्नुभएको हो ।
बस्नेतले झापा गाउँपालिकामा हाल २० बिगाह जमिन भाडामा लिएर सो उन्नत जातको केरा खेती सुरु गर्नुभएको हो । यो खेतीलाई अर्को बर्षबाट ५० बिगाह बनाउने समेत बस्नेतले बताउनुभयो ।
केराको व्यावसायिक उत्पादन गरि केराबाट अन्य विभिन्न परिकार र वाइन समेतको उत्पादन गरि तेस्रो मुलुकमा समेत निर्यात गर्ने योजना रहेको बस्नेतले बताउनुभयो ।

आफुले इजरायल जानुअघिसम्म केरा भोक लाग्दा खाने र पुजा गर्दा चढाउनेमात्रै बुझेकोमा तालिमपछि केराका सयौ गुण र फाइदावारेमा जानकारी पाएकोले यसै खेतीबाट भविष्य बनाउने योजनासहित केरा खेतीमा होमिएको बताउनुभयो । बस्नेतले केराको फल मात्रै नभएर बुङ्गोको अचार , र पात र थामको विभिन्न थाल टपरी समेत बनाउने बताउनुभयो ।
केराको बेर्ना रोपेको बर्षदिनदेखि उत्पादन सुरु हुने र प्रतिविगाह ४ लाख सम्म आम्दामी लिन सकिने समेत बस्नेतले बताउनुभयो ।
बस्नेतले थालेको केराखेतीको प्रदेश सभा सदस्य झलकसिंह दर्लामी शन्देश , झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह, उपाध्यक्ष कुन्तीदेवि बुडाथोकी , संविधानसभा सदस्य पुजा खनाल , कृषि ज्ञानकेन्द्र झापाका प्रमुख निलकमल सिंह , सानाकिसान सामुदायिक संस्थाका प्रमुख सुवास गौतम , समाजसेवी श्याम ओली , नेकपाका झापा गाउँपालिका अध्यक्ष रुद्र बजगाई, मझेरी कृषि फर्मका प्रमुख गोपाल प्रसाई , पत्रकार महासंघ झापाका सदस्य लीलाराज झापाली लगायातले टोलीले केराको बेर्ना रोपी केरा खेतीको विधिवत सुरुवात गर्नुभएको थियो । प्रदेशसभा सदस्य झलकसिंह दर्लामी शन्देशले देश विकासको रटान जप्नुभन्दा साच्चैको विकासका लागि काम सुरु गर्न ढिला गर्न नहुने विचार राख्नुभयो । कृषि प्रधान देश भएकोले कृषिको अत्याधुनिकरण विना देशको विकासको कल्पनै गर्न नसकिने भन्दै काम गर्ने युवालाई सरकारको तीनै तहबाट सहयोग हुने बताउनुभयो ।
यता कृषि ज्ञानकेन्द्रका प्रमुख निलकमल सिंहले झापामा धान, मकै सुपारीको सुपर जोन घोषणा भैइसकेकोले अव केराको समेत जोन र सुपर जोनको तयारीमा लागिएको बताउनुभयो । एउटै क्षेत्रमा ५०० हेक्टर केरा खेती गरिएमा सरकारले केरा जोन घोषणा गर्न सक्ने समेत सिंहले बताउनुभयो ।
तस्बिर ः व्यावसायिक केराखेतीको केराको बेर्ना रोपेर उद्घाटन गर्नुहुदै प्रदेशसभा सदस्य झलकसिंह दर्लामी शन्देश लगायात फोटो ः लीलाराज झापाली