Kanakai Online

बिर्तामोड गोल्डकपमा आर्मी र चर्च ब्वाईज फाईनलमा


शनिवार, कार्तिक २३, २०७६ |

कनकाई अनलाईन
झापाको बिर्तामोडस्थित डोमालाल रङ्गशालामा जारी अन्नपूर्ण हाम्रो अन्तराष्ट्रिय गोल्डकपको उपाधि भीडन्तका लागि काठमाण्डौको चर्च ब्वाईज युनाइटेड र त्रिभुवन आर्मी क्लव आमने सामने हुने भएका छन ।
शनिवार आज आयोजित दोस्रो सेमिफाईनलको खेलमा उपाधिको दाबेदार मानिएको नेपाल पुलिस क्लबलाई १—० गोल अन्तरको कठिन जित निकाल्दै चर्च ब्वाईजले फाईनलमा आर्मीसगको भेट पक्का गरेको हो ।
यो जित सगै चर्च ब्वाइज युनाइटेड यहाँ जारी अन्नपूर्ण हाम्रो अन्तर्राष्ट्रिय गोल्डकपको फाइनलमा प्रवेश गदै कम्तीमा ६ लाख २५ हजार नगद सुरक्षित गरेको छ । चर्च ब्वाइजका तर्फबाट एकमात्र निर्णयक बिजयी गोल खेलको पहिलो हाफमा सम्भव भएको थियो । खेलको २६ औ मिनेटमा चर्च ब्वाइजका सुनिल खड्काले गोल गर्दै अग्रता बनाउनुभयो । चर्च ब्वाइजका भुवन बस्नेतको हेडलाई पुलिसका गोलकिपर शत्रुधन चौधरीले पुस गरी फर्किएको गोललाई खड्काले सटिक प्रहार गर्दै जाली चुमाउनुभएको थियो । त्यसपछि दुबै टिमको गोल गर्ने अवशर पाएपनि गोल नहुदा पुलिसको गोल्डकप यात्रा सेमिबाटै रोकिएको हो । खेलको अग्रताको मौका भने पुलिस टिमको रहेको थियो । खेलको २३औँ मिनेटमा पुलिसले पेनाल्टी सुटको अवसर पाएको थियो । वान भर्सेज वानमा चर्च ब्वाइजका कप्तान विष्णु सुनुवारले पुलिसका सुमन लामालाई तानेर लडाएपछि खेल रेफ्रीले पेनाल्टी दिनुभएको थियो ।
तर, पेनाल्टी सुटमा सुमन लामाको प्रहारलाई चर्च ब्वाइजका गोलरक्षक विनय श्रेष्ठले उत्कृष्ट बचाउ गरेपछि पुलिसको दुर्भाग्य सुरुवात भएको थियो । त्यसको ३ मिनेटपछि खेलमा चर्च ब्वाइज अग्रता बनाएको हो ।
खेलको ५४औँ मिनेटमा पुलिस १० खेलाडीमा समेटिएको थियो । वान भर्सेज वानमा चर्च ब्वाइजका भुवन बस्नेतलाई लडाएपछि पुलिसका अन्जन राईलाई मुख्य निर्णायक प्रकाश श्रेष्ठले रातो कार्ड देखाएर मैदान बाहिर पठाउनुभयो । यो रातो कार्ड प्रतियोगिताकै पहिलो हो ।
खेलमा दुवै टोलीले आक्रामक खेल प्रस्तुत गरेका थिए । पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा अधिकांश प्रहार गोलमा परिणत हुन सकेन ।
खेलको म्यान अफ दी म्याच चर्च ब्वाईजका सुनिल खड्का हुनुभयो उहाँले उनले नगद १० हजार प्राप्त गर्नुभयो ।
१० वटा टिम सहभागी गोल्डकपको फाइनल सोमवार हुने छ । गोल्डकपको विजेताले नगद १२ लाख ५० हजार पाउने छ ।
तस्वीर ः नेपाल पुलिस क्लव हरिायो जर्सी र चर्च ब्वाईज रातो जर्सीमा भीडदै फोटो लीलाराज झापाली