Kanakai Online

कनकाई क्याम्पसको आन्दोलनले लियो, उग्ररुप क्याम्पस अध्यक्षलाई कालोमोसो


बिहिवार, कार्तिक २१, २०७६ |

कनकाई अनलाईन
क्याम्पसका प्राध्यापक हरि तिम्सिना निष्कासनको बिषयमा भएको आन्दोलनले उग्ररुप लिएको छ ।
कनकाई बहुमुखी क्याम्पस सुरुङाका संचालक समिति अध्यक्ष प्रकाश चुडाललाई आज बिहान बिद्यार्थीले कालोमोसो दलिदिएकाछन् ।
१ महिना देखि क्याम्पसमा जारी आन्दोलनले उग्र रुप लिएपछि बिद्यार्थीले मसो दलेका छन् । आज बिहान संचालक समितिको बैठकपछि अध्यक्ष चुडालमाथी बिद्यार्थीले मोसो दलेका हुन ।

प्राध्यापकले तलब लगायातका माग राख्दा प्राध्यापक संघका अध्यक्ष समेत रहेका हरि तिम्सिनालाई जागिरबाट हटाइएपछी क्याम्पसमा बिबाद सुरु भएको थियो । बिद्यार्थीले तिम्सिनाको पुनरबाहलीको माग गर्दै चरणबद्ध रुपमा आन्दोलन गर्दै आएका थिए ।

आज बिहानको बैठकमा समेत क्याम्पस संचालक समितिले समाधन गर्न नसकेपछि बिद्यार्थी आक्रोशित भएका थिए । सोही घटनाले क्याम्पसमा तनाव भइरहेको छ । अहिले क्याम्पसमा नेविसंघ र अखिल समर्थित बिद्यार्थीबिच झडपको सम्भवाना भएकोले वाक्लो प्रहरीको उपस्थिति रहेको छ । यता कनकाई क्याम्पसमा अखिलका बिद्यार्थीहरुले लगाएको ताला भने प्रहरीले फोरेपनि एकसाता देखि क्याम्पसमा पठ्नपाठ्न ठप्प छ । निष्काशन गरेका प्राध्यापक संघका सभापतिलाई ससम्मान पुर्नवहाली गर्नुपने माग राख्दै क्याम्पस संचालक समिति बिरुद्ध क्याम्पसका प्राध्यापक र बिद्यार्थीले चरणबद्ध आन्दोलन गर्दै आइरहेका छन ।
यता क्याम्पस संचालक समितिका अध्यक्ष प्रकाश चुडालले भने प्राध्यापक संघका अध्यक्ष हरि तिम्सिनालाई क्याम्पसबाट निकालिएको भनएर करार अवधि नथपपिएको बताउनुभएको छ । तिम्सिना १६ बर्षदेखि कनकाई क्याम्पसमा प्राध्यापन गराउदै आएका थिए । यता कालो मसो दलेको भन्दै क्याम्पसमा अध्यानर्त अखिलका ५ बिद्यार्थीको नाममा किटानी जाहेरी परेको विशेष स्रोतले बताएको छ ।