Kanakai Online

कनकाई क्याम्पस सुरुङ्गामा तालाबन्दी


मङ्गलवार, कार्तिक १९, २०७६ |

कनकाई अनलाईन ।
प्राध्यापक संघका अध्यक्ष समेत रहेका क्याम्पसका प्राध्यापक हरिप्रसाद तिम्सिनालाई राजनैतिक प्रतिसोधका आधारमा बिनाकारण क्याम्पसबाट निष्कासनको प्रयास भएको भन्दै क्याम्पसका बिद्यार्थी र प्राध्यापकहरुले आज मंगलबार पनि आन्दोलन जारी राख्दा पठ्नपाठ्न ठप्प भएको छ ।
सोबवार क्याम्पस प्रमुख विकास उप्रेतीको बिद्यार्थीले पुत्ला दहन गरेका थिए भने मंगलवार क्याम्पस प्रशासन र क्याम्पस प्रमुखको कार्यकक्षमा आन्दोलनरत् बिद्यार्थीले तालाबन्दी गरेका छन । उनीहरुले क्याम्पस प्रशासन बिरुद्ध चर्को नाराबाजी समेत गरेका थिए ।
कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा १५ बर्षदेखि कार्यरत् प्राध्यापक हरिप्रसाद तिम्सिनालाई क्याम्पस संचालक समितिले लगातार ३ पटक क्याम्पस संचालक समितिको बैठकमा नआएको भन्दै निष्कासनको पत्र पियन मार्फत दिन खोजिएको थियो । प्राध्यापक संघका सभापति स्वत क्याम्पस संचालक समितिको पदेन सदस्य रहने विधानत व्यावस्था छ ।
के हो क्याम्पसको चुरो समस्या ?
कनकाई बहुमुखी क्याम्पस सुरुङ्गा यहाँका सक्रिय राजनिति दल तत्कालिन माओवादी केन्द्र बाहेकले राजनैतिक भागवण्डा गरेर अध्यक्ष नेपाली कांग्रेस , उपाध्यक्ष तत्कालिन एमाले लगायातका अन्य संघिय समाजवादी र राप्रपा समेत मिलेर भागवण्डामा पारिएको हो । कांग्रेसले कनकाई बहुमुखी क्याम्पस अध्यक्षमा लिएपछि तत्कालिन एमालेलाई कनकाई सामुदायिक वन समुह अध्यक्षमा समर्थन गर्ने सहमति बनेको हो । यद्यपि कनकाई सामुदायिक वनमा तत्कालिन भने माओवादी केन्द्रलाई उपाध्यक्ष दिइएको थियो ।

कालान्तरमा कनकाई बहुमुखी क्याम्पसमा भने नेपाली कांग्रेस र नेकपाका सदस्यहरुको मनमुटाव वढेपछि कोषाध्यक्ष लीला उप्रेती लगायातका नेकपाका ६ जना सदस्यहरुले क्याम्पस संचालक समितिबाट राजीनामा दिएका छन । यस विचमा क्याम्पसले डिग्री कक्षा फ्रेज आउट गर्न खोज्दा नेकपा समर्थित बिद्यार्थी लगायातको सहयोगमा क्याम्पस संचालक समितिको कदम बदर गर्न लगाएको थियो । कांग्रेस समर्थित क्याम्पस संचालक समितिले नेकपा समर्थित हरिप्रसाद तिम्सिनालाई क्याम्पस बाट निकालेर नेकपाका सदस्यहरुले क्याम्पस छाडेको वदला लिने मनसायले हरिप्रसाद तिम्सिनालाई निकाल्ने योजना बनाएरै यो कदम चालेका हुन ।

यसअघि क्याम्पसबाट अन्य प्राध्यापकहरुलाई पनि निकालिएको भएपनि उनीहरु र हरिप्रसाद तिम्सिनाविचमा आकाश जमिनको फरक पाइएको छ । निष्कासन गरिएका अन्य प्राध्यापकहरु क्याम्पस नआएको कारण निकालिएको भएपनि हाल निष्कासन गरिएका हरिप्रसाद तिम्सिनालाई भने बदलाको भावनाले निष्कासन गरिएको हो ।