Kanakai Online

प्रदेश प्रमुख फेर्ने मन्त्रीपरिषदको काम पार्टी प्रवक्ता श्रेष्ठ


सोमवार, कार्तिक १८, २०७६ |

लीलाराज झापाली
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता तथा स्थायी कमिटी सदस्य नारायणकाजी श्रेष्ठले प्रदेश प्रमुखको नियुक्ति पार्टीले नभएर मन्त्री परिषदले गर्ने बताउनुभएको छ ।
झापाको बिर्तामोडमा सोमवार नेपाल कम्युनिष्ट पार्टी प्रचार विभागद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता श्रेष्ठले पार्टी अध्यक्ष र प्रधानमन्त्री एउटै व्याक्ति भएकोले प्रदेश समिति अध्यक्ष पार्टीले तोकेजस्तो मात्रै देखिएको तर प्रदेश प्रमुख तोक्दा यस्तो नभएको बताउनुभयो ।
यो मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपतिले सिफारिस गर्ने बिषय भएको समेत श्रेष्ठले बताउनुभयो ।
प्रदेश प्रमुखका वारेमा प्रधानमन्त्रीले सामान्य सुझाव मात्रै माग्नुभएको र मन्त्रीपरिषदबाटै प्रदेशप्रमुख तोक्ने काम हुने समेत श्रेष्ठले बताउनुभभयो ।
श्रेष्ठले अव सरकार राजनैतिक क्रान्तिलाई समृद्धिसग जोड्न लागिपरेको समेत बताउनुभयो ।
जनताको जीवन फेर्ने र विकास अभियानमा सरकार जुटिरहेको प्रवक्ता श्रेष्ठको भनाई छ । सरकारले यो दुई बर्षको अवधिमा धेरै काम गरिसकेको बताउदै जनतासँग पार्टीले गरेका प्रतिवद्धता र जनआकांक्षा पूरा गरिछाड्ने समेत बताउनुभयो । सरकार संचालनको यो अवधिमा धेरै कमिकमजोरी पनि भएको भन्दै त्यसलाई सरकारले क्रमश सुधार गर्दै लैजाने समेत बताउनुभयो । जनताले समृद्ध नेपाल बनाउने जिम्मेबारी नेकपालाई दिएकोले यसका लागि विपक्षी दल र अन्य साना दलसमेतलाई सहकार्यमा मिलाएर लैजान पनि नेकपाको मूल जिम्मेवारी रहेको बताउनुभयो । उहाँले पार्टी एकिकरणको लाइनको काम पूरा भैसकेको र अव केहि काम मात्रै बाकी रहेकोले चाडै एकिकरणको सांगठनिक संरचनाका सबै काम पूरा हुने बताउनुभयो ।
पुर्व उपप्रधानमन्त्री समेत रहनुभएका नेता श्रेष्ठले मुलुक संघिय प्रणालीमा गएकोले नयाँ प्रणालीमा जादा केहि असजिलो परिस्थिति सिर्जना भएको भन्दै धेरै बर्ष पहिले संघियतामा गएका मुलुकमा समेत समस्या देखिएको भन्दै यी सबै समस्या हल हुने दावी गर्नुभयो ।