Kanakai Online

हाम्रो गोल्डकपमा पाहुना टिम सिक्किम सेमिमा


सोमवार, कार्तिक १८, २०७६ |

कनकाई अनलाईन
बिर्तामोडको डोमालाल रङ्गशालामा जारी हाम्रो अन्नपूर्ण अन्तराष्ट्रिय गोल्डकपमा पाहुना टोली सिक्किम आक्रमण एकपछि अर्को जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार आज भएको पहिलो क्वाटरफाइन खेलमा बेलबारी मोरङ ११ लाई ३–२ गोलअन्तरले पराजित गर्दै सिक्किमले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
पहिलो हाफमा १–० गोलले पछि परेको अवस्थालाई उल्टाउँदै सिक्किमले उत्कृष्ट जित निकाल्ने क्रममा दोस्रो हाफमा लगातार तीन गोल गरको हो । यता दोस्रो हाफमा बेलबारीले एक गोलमात्रै थप्यो ।
युवा खेलाडीले भरिएको बेलबारी एफसीको छरितो खेलमा सुरुवातको एक मिनेटमै गोल गरेर अग्रता लिएको थियो । उसका लागि किरण लिम्बूले गोलको खाता खोल्दै अग्रता बनाउनुभयो ।
पहिलो हाफमा लय नसमाएको सिक्किमले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दा केही फरक समयमा तीन गोल गर्न सफल रह्यो । सिक्किमका लागि दोस्रो हाफको १९औँ मिनेटमा रोहन राईले गोल गरेर खेललाई बराबरीमा ल्याउनुभयो । त्यसको तीन मिनेट नबित्दै रोहनलेनै थप गोल गरेर अग्रता दोब्बर बनाउनुभयो । राईले हेडरमार्फत गोल गर्नुभयो ।
यसपछि २–१ नतिजालाई बराबरीमा पुर्याउन बेलबारीका भुषण लिम्बू सफल हुनुभयो । लिम्बुले ६६ मिनेटमा वान टच बललाई सिधै गोलपोष्टको दिशा दिनुभयो । पहिलो बार च्यापेका भुषणको प्रहारलाई सिक्किमका गोलरक्षक मनोज प्रधानले बचाउन नसक्दा खेल बराबरीमा पुगेको थियो ।
सिक्किमलाई सेमिफाइनल पुर्याउनका लागि करण राईको योगदान महत्वपूर्ण रह्यो । उहाले खेलको अन्तिम समय ७५औँ मिनेटमा गोल गर्दै टिमलाई जीत दिलाउनुभयो ।
खेलको म्यान अफ दी म्याच सिक्किमका दुई गोलकर्ता रोहन राई हुनुभयो उहाँले नगद १० हजार प्राप्त गर्नुभयो ।
जायोन स्पोर्टस् क्लब झापाले आयोजना गरेको गोल्डकपमा नेपाल र भारतका १० टिम सहभागी छन् । मंगलबारको खेल नेपाल पुलिस क्लबले अर्को विभागीय टोली एपीएफसँग भिड्नेछ ।
गोल्डकपको विजेताले नगद १२ लाख ५० हजार पाउँदा उपविजेताले नगद ६ लाख २५ हजार र ट्रफी पाउनेछ । विधागत पुरस्कार विजेता खेलाडीले जनही १५ हजार पाउँदा उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने आयोजक समितिका गौरीमान राईले बताउनुभयो ।

सम्बन्धित खबर