Kanakai Online

आजबाट झापामा ब्रेकरी महगियो


सोमवार, कार्तिक १८, २०७६ |

कनकाई अनलाईन
ब्रेकरीमा प्रयोग हुने कच्चा पदार्थको मूय बृद्धि भएको भन्दै बेकरी उद्योग व्यावसायी संघ झापाले कार्तिक १८ गतेदेखि लागुहुनेगरि बेकरीको मुल्य बढाउने निर्णय गरेको छ ।
लामो समयसम्मपनि बेकरीको कच्चा पदार्थको मुल्य बढेको भएपनि बेकरीको मुल्य भने नवढ्दा उत्पादन गर्न कठिनाई भएको जिल्ला बेकरी संघका अध्यक्ष नरबहादुर गिरीले बताउनुभयो । बेकरी उत्पादनका लागि सबैभन्दा वढी खपत हुने मैदा २ बर्षपहिलेबाट प्रतिकिलो १० रुपैँया बृद्धि भइसकेपनि यसको उत्पादन हुने बेकरीको मुल्यभने समायोजन हुन नसकेको कारण दिनानुदिन बेकरी व्यावसायीहरु धरासायी हुने गरेको गिरीले बताउनुभयो ।
गिरीका अनुसार अव झापामा बेकरीजन्य उत्पादनमा हालको प्रचलित बजारभाउ भन्दा ३३ प्रतिशतले मुल्यबृद्धि गरिने छ । औद्योगित उत्पादनको बजारमुल्य त्यसमा प्रयोग हुने कच्चा पदार्थको साथमा श्रमिकको ज्याला, प्रशोधन खर्च, इन्धन, प्याकेजिङ लगायातका आधारमा मुल्य निर्धारण हुने र यसैको आधारमा मुल्य बृद्धि गरिएको कंचन पाउरोटी उद्योग बिर्तामोडकी संचालिका भीमा भट्टराईले बताउनुभयो । झापामा बेकरीजन्य उत्पादनमा १० बर्षपछि प्रथमपटक मुल्य बृद्धि गर्न लागिएको पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइएको थियो । झापामा मात्रै साना ठुला गरि चार दर्शन वढी बेकरी उद्योग संचालनमा रहेका छन ।