लीलाराज झापाली
झापाको बिर्तामोडमामा जारी अन्नपूण हाम्रो अन्तराष्ट्रिय गोल्डकपमा आजको खेलमा घरेलु टिम झापा ११ लाई २— १ गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लवले बिजयी सुरुवात गरेको छ ।
यस अघिका संकरणहरुमा फाइनल सम्मको यात्रा तय गर्दै आएको घरेलु टिम पहिलो चरणबाटै बाहिरिएको छ ।
कठिन जित निकाल्ने क्रममा पुलिसका सुमन लामा र सौजन्य याख्ख्याले गोल गर्नुभयो । पुलिसको तर्फबाट खेलको १२ औ मिनेटमा झापाका खेलाडीले फाउल गरेपछि डिबक्स नजिक्कैबाट पुलिसका सुमन लामाले गरेको सुन्दर प्रहार झापाका गोलरक्षक किशोर गिरीले कुनै अनुमान लगाउन नसक्दा बलले सिधै जाली चुमेको थियो ।
पहिलो हाफ १ — ० गोलअन्तरले सकिएको थियो । दोस्रो हाफमा खेलको ५४ औ मिनेटमा पुलिसका सौजन्य याख्याले गोल गदै अग्रता दोब्बर बनाउनुभयो । झापाका डिफेन्सले गरेको गल्तीको फाइदा उठाउदै पुलिसका याख्याले गोल गरि खेलमा लगभग बिजय निश्चित गरिसकेको अवस्थामा घरेलु टिम झापा आक्रमक बनेको थियो । खेलको ६९ औ मिनेटमा झापाका क्याप्टेन योगेश गुरुङले एकल प्रयासमा गोल गर्दै खेलमा फर्किने प्रयास गर्नुभएको थियो । तर योगेशको गोलले झापाको हारलाई टार्न सक्नुभएन ।
झापाका तर्फबाट आधा दर्जन प्रहारहरु गोल पोष्ट, बारमा लागेर फर्किएको थियो । आर्मीका तर्फबाट समेत केहि सुन्दर प्रहारहरु खेर गएको थियो । खेलको सातौ मिनेटमा पुलिसले फाउल गरेपछि झापाले पाएको सुन्दर प्रहारलाई पुलिसका डिफेन्सले बचाउनुभयो । खेलको ३३ औ मिनेटमा पुलिसका निरकुमार राई वान भर्सेस वानमा गोल गर्न चुक्दा अग्रता दोब्बर बनाउन बाट चुक्नुभयो । खेलको ३७ औ मिनेटमा पुलिसका सुजन याख्याको प्रहार झापाको गोलपोष्ट बाहिर गयो । यता खेलको ६८ मिनेटमा पुलिसका जुमानु राई गोल किपरमात्रै भएको अवस्थामा गोल गर्नबाट चुक्नुभयो ।
यता झापाका तर्फबाट खेलको ९ औ मिनेटमा निरोज बस्नेतको क्रसपासमा अभिशेष लिम्बुको प्रहार गोल पोस्टबाट बाहिरिन पुग्यो । खेलको ३२ औ मिनेटमा झापाका रोजिन माझिको प्रहार थोरै गोलपोष्टमाथिबाट बाहिरिदा बरावरी गोल गर्नबाट चुक्नुभयो । खेलको ४३ मिनेटमा झापाका मिलन राईको हेड पुलिसको थोरैमात्र गोलपोष्टमाथिबाट बाहिरियो । यसैगरि ४५ औ मिनेटमा झापाका योगेशको पासमा अभिषेक गुरुङको प्रहार पुलिसका गोलकिपर शत्रुधन चौधरीले बचाउनुभयो ।
प्रतियोगिताको म्यान अफ द म्याच पुलिसका सौजन्य सुब्बा हुनुभयो उहाँले नगद १० हजार रुपैँया पाउनुभयो ।
सोमवारको खेल सिक्किम आक्रमक र बेलावारी मोरङ ११ बिच हुने छ ।
जायोन स्पोटिङ क्लब बिर्तामोडको आयोजनामा डोमालाल रङ्गशाला बिर्तामोडमा जारी प्रतियोगितामा नेपाल तथा भारतका १० टिमको सहभागिता रहेको छ । बिजयीले १२ लाख ५० हजार र उपबिजयी हुने टिमले ६ लाख २५ हजार पाउने आयोजक समिमिका गौरीमान राईले बताउनुभयो ।