कनकाई अनलाईन
रक्षा तथा उपप्रधानमन्त्री तथा नेकपाका स्कुल विभाग प्रमुख इश्वर पोखरेलले उत्पादन , रोजगार र श्रममा नलाग्ने कम्युनिष्ट अव आफै खाल्डोमा पर्ने बताउनुभएको छ ।
शुक्रवार नेकपाका अगुवा कार्यकर्ताहरुलाई विर्तामोडमा प्रशिक्षण दिनुहुदै नेता पोखरेलले अव कम्तीमा पनि सबै नेकपाका नेता कार्यकर्तालाई उत्पादनमा जोडिन निर्देशन दिनुभयो । नेकपा झापा जिल्लाको स्कुल विभागद्धारा आयोजित सो कार्यक्रममा यदि कम्युनिष्टहरु उत्पादनमा नजोडिदा आगामी दिनमा ठुलो चुनौतीको सामना गर्नुपने बताउनुभयो ।
नेकपाका सचिवालय सदस्य समेत रहनुभएका पोखरेलले कामसग नजोडिने हो भने सबैका भविष्य अन्धकार हुने दावी गर्नुभयो । उहाँले पार्टी कार्यकर्ताको सगठनप्रतिको बुझाई पनि एउटै हुनुपर्ने बताउनुभयो । दुई ठुला पार्टी मिलेर बनेको कम्युनिष्ट पार्टीको झण्डा एक पार्टी एक तर व्यक्ति भने अलग अलग हुन नहुने बताउनुभयो । संगठनको एकतासगै बुझाई र प्रचार पनि एउटै हुनुपर्ने नेता पोखरेलले बताउनुभयो ।
नेता पोखरेलले कार्यकर्तालाई कानुनले अनुमति दिएका , पारदर्शी मुल्य मान्यता बमोजिम र कम्युनिष्ट आचरणसग मिल्ने मात्रै काम गर्न कार्याकर्तालाई निर्देशन दिनुभयो ।
बिहिवार र शुक्रवार गरि दुई दिनसम्म चलेको अगुवा कार्याकर्ता प्रशिक्षणमा पार्टीका अन्य नेताहरु बेदुराम भुसाल , देवेन्द्र पौड्याल , राम कार्की पार्थ , भीम आचार्य लगायातका नेताले सहजीकरण गर्नुभएको थियो ।