कनकाई अनलाईन
भोली कनकाई माईमा हुने छठ पुजाको तयारी पूरा गरिसकिएको कनकाई छठ सेवा समाज सुरुङ्गाले आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको छ ।
२०६८ सालदेखि नियमित रुपमा कनकाई माइको पूर्वी तटमा लाग्दै आएको छठ पूजाका लागि यस क्षेत्रलाई पहिलेर्झै बेहुलीकार्झै सिङ्गारिएको छ ।
भोली शनिवार विहान ११ बजे सुरुङ्गा चौक दुर्गामन्दिरमा यस क्षेत्रका सयौँ संघ संस्थाका प्रतिनिधिहरु आआफ्नो संस्थाको ब्यानरसहित सास्कृतिक झाकी सन्थाल नृत्य सहित र्यालीमा सहभागिता जनाउदै सुरुङ्गा बजार परिक्रममा पछि कनकाई माइमा पुगि अस्ताउदो सूर्यको पूजा गरिने आयोजक कनकाई छठ सेवा समाजका अध्यक्ष सुरेन्द्र प्रधानले बताउनुभयो । यस बर्ष कनकाई माईमा अघिल्लो बर्षको तुलनामा ५ बटा वढी कनकाई माइमा घाटहरु निर्माण गरिएको समेत अध्यक्ष प्रधानले बताउनुभयो ।
यस बर्ष कनकाई माइमा ७० बटा घाट निर्माण गरिएको छ । सो घाटमा छठका ब्रतालुहरुले उदाउदो र अस्ताउदो सूर्यको पुजा आराधाना गर्ने छन ।
यसैविच शनिवारका दिन राती १० बजेसम्म र आइतवार विहान २ बजेबाट कनकाई माइमा राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारद्धारा नृत्य, तथा सास्कृतिक कार्यक्रमको आयोजना गरिएको समेत कार्यक्रम संयोजक राजकिशोर चौधरीले बताउनुभयो ।
सोही अवशरमा यस क्षेत्रकी समाजसेवी शिक्षासेवी तथा कनकाई छठ पुजा समाजकी जग्गादाता प्यारागन एकाडेमीकी अध्यक्ष चम्पा खनाल सुवेदी र छठ पुजा सेवा समाजका संस्थापक तथा समाजका हालका सल्लाहकार राह ह्रदय सहनीलाई सम्मान समेत गरिने उपाध्यक्ष बिजय शर्माले बताउनुभयो । छठ पुजा सम्पन्न गर्नका लागि हाल सुरुङ्गादेखि कोटीहवन क्षेत्रसम्ममा ५ बटा स्वागत गेट निर्माण गरिसकिएको तथा पुजाका लागि विभिन्न सुरक्षा, स्वयम सेवक, आर्थिक, सास्कृतिक , प्रसाद वितरण, स्वास्थ्य लगायातको उपसमिति गठन गरिएको महासचिव राजकुमार शाहले बताउनुभयो । सो कार्यक्रमको प्रमुख अतिथि यस क्षेत्रका माननीय एलपि साँबा लिम्बु र विशिष्ट अतिथिमा प्रदेशसभा सदस्य हिराकुमार थापा र झलकसिंह दर्लामी रहनुभएको समेत आयोजकले जनाएको छ ।
यता नेपाल भ्रमण बर्ष २०२० तथा छठ पुजाको पूर्वसन्ध्यामा कनकाई छठ पुजा सेवा समाजले शुक्रवार सुरुङ्गा बजार सफाई गरेको छ ।