कनकाई अनलाईन
लामो समयदेखिको रस्साकस्सीपछि यहाँस्थित दुर्गा पाञ्चायान दुर्गा प्रतिष्ठान मन्दिर समितिको सिङ्गो कार्यसमितिले राजीनामा दिएको छ ।
कनकाई नगरपालिका ३ सुरुङ्गा चौकमा रहेको यस दुर्गा मन्दिर जीर्ण बनेकोले विर्तामोडस्थित सतासी बहुमुखी सहकारी संस्थाले आफु लगानी गरि मन्दिरमै जोडिएको सामुदायिक व्यावसायिक भवन र मन्दिर एकैसाथ बनाइदिने सहमति गरिसकेपछि सतासी बहुमुखी सहकारीलाई भवन बनाउन र मन्दिर सहित व्यावसायिक प्रयोजनमा ल्याउन दिने कि नदिने भन्ने वारेमा बजार क्षेत्रमा मत बाझिएपछि समितिको सिङ्गो कार्यसमितिले पदबाट राजीनामा दिएको हो । प्रतिष्ठानको सिङ्गो टिम मन्दिर भएको जग्गालाई मन्दिर सहित वहुउपयोगी भवन निर्माणको पक्षमा रहेको थियो । तर समयसगै यसको विरोधमा समेत आवाज उठ्ने तथा कनकाई नगरपालिका वार्ड नम्बर ३ बाट मन्दिर समितिले सिफारिस नपाएपछि नैतिकताको आधारमा राजीनामा दिनुपरेको प्रतिष्ठानका सहसचिव टंकप्रसाद सुवेदीले बताउनुभयो ।
मन्दिर परिषर दिनानुदिन जीर्ण बनेको छ । मन्दिरमै छेलिएर मादक पदार्थ सेवनकर्ताले शौच गर्ने गरेका छन हामीले मन्दिरलाई समेत थप आकर्षक र वहुउपयोगी बनाउ भन्दा वढी राजनितिकरण गरियो मन्दिरमा राजनितिभएपछि हामीले समितिमा बस्नुको औचित्य रहेन सुवेदीले भन्नुभयो । उहाँ सहित अध्यक्ष दयान्द बंशल , उपाध्यक्ष मेनुका मैनाली , नारायणप्रसाद ओली , सचिव टिकाकुमार पोखरेल सहसचिव टंकप्रसाद सुवेदी , कोषाध्यक्ष रघुनाथ भट्टराई र सदस्यहरु डिल्लीराम उप्रेती , गुणसागर खतिवडा, धनमाया चिमरिया, टिकामाया अधिकारी , राजकिशोर चौधरी, पदमबहादुर श्रेष्ठ र विना तिम्सिनाले सामुहिक राजीनामा दिनुभएको छ ।
प्रतिष्ठानले तल्लो तला व्यावसायिक प्रयोजन र दोसो तला मन्दिर निर्माणको तयारी थालेको थियो तर प्रतिष्ठानले माथ्लो तला मात्रै व्यावसायिक प्रयोजनका लागि बनाइनुपर्ने पहिलो तला मन्दिरकै रुपमा राख्नुपर्ने लगायातका माग राखि वार्ड कार्यालयबाटै सिफारिस नबनेपछि समितिले कनकाई नगरपालिकामा राजीनामा बुझाएको हो । यस वारेमा कनकाई नगरपालिका वार्डनम्बर ३ का वार्डध्यक्ष रुद्रप्रसाद चिमरियाले वहुसंख्यक जनताले मन्दिर भत्काउन नहुने सुझाव आएपछि आफुले मन्दिरका लागि सिफारिस नदिएको बताउनुभयो । यता मन्दिर समितिले भने मन्दिरमा वढी राजनिति हावी हँुदा सिफारिस नपाएको आरोप लगाएको छ ।