कनकाई अनलाईन
झापाको कनकाई नगरपालिकामा रहेको ज्ञानज्योती युवा क्लवको अध्यक्षमा नारायण भेटवाल सर्वसम्मत हुनुभएको छ । युवा क्लवको चौथो अधिवेशन तथा आठौ बार्षिक साधरणसभमा भेटवाल नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमितिको चयन गरिएको हो ।
क्लवको उपाध्यक्षमा अनुप ओली , सचिवमा पारस खरेल, सहसचिवमा साजन आचार्य कोषाध्यक्षमा सन्ध्या श्रेष्ठ र सदस्यहरुमा गोविन्द सुवेदी , विश्व विजय खरेल, प्रकाश पाठक, गणेश चुडाल, धिरज सिटौला, नवराज सुवेदी, पुष्प संग्रौला, खेमराज शिवाकोटी, कमलकार्की डोली ,नारायण शिवाकोटी , डम्बर फुयाँल, पारस बिमली, सारदा बोगटी, सृजा श्रेष्ठ, निर्मला गौतम, लोचन खरेल रहनुभएको छ । साधरणसभका लागि क्लवका संस्थापक अध्यक्ष सुनिल भेट्वालको संयोजकत्वमा ज्योतीकुमार उप्रेती, छवि थपलिया, नविन सेढाईँ र पत्रकार लीलाराज झापाली सदस्य रहेको ५ सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो ।
अधिवेशनले अध्यक्ष नविन सेढाईँको बार्षिक प्रतिवेदन र कोषाध्यक्ष सन्ध्या श्रेष्ठद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि कनकाई नगरपालिका वार्डनम्बर ३ का वार्डध्यक्ष रुद्रप्रसाद चिमरिया , कनकाई खेलकुद प्रतिष्ठानका सचिव दिनानाथ खतिवडा , पत्रकार महासंघ झापाका कार्यसमिति सदस्य लीलाराज झापाली लगायातले शुभकामना दिनुभएको थियो । अध्यक्षमा निर्वाचित बनेपछि अध्यक्ष भेट्वालले क्लवले समग्र नगरवाशीको मन जित्ने काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।