Kanakai Online

सुरुङ्गामा पत्रकार र साहित्यकार सम्मानित


शनिवार, कार्तिक २, २०७६ |

आइपी भट्टराई
सुरुङ्गा कार्तिक २ गते । झापा कनकाई नगरपालिका क्षेत्रका एक पत्रकार र एक साहित्यकार सम्मानित भएका छन ।
कनकाई सुरुङ्गा प्रेस क्लवको पाचौ बार्षिकउत्सवको अवशर पारेर शनिवार पत्रकार तीर्थराज खरेल र साहित्यकार गोविन्दप्रसाद घिमिरेलाई नगद ८ हजार एक सय सहित सम्मानित गरिएको हो ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले सम्मानितद्धयलाई सम्मान गर्नुभएको हो । पोखरेलले समाज रुपान्तरणमा साहित्य र पत्रकारिताको समान भुमिका रहेको भन्दै दुबैको स्तरवृद्धिमा स्थानीय सरकारले समेत सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि पोखरेल, सम्मानित व्याक्तित्वद्धय तीर्थराज खरेल र गोविन्दप्रसाद घिमिरे, नेपाल पत्रकार महासंघका उपाध्यक्ष एकराज गिरी सचिव सन्तोस आचार्य , कनकाई नगरपालिका वार्डनम्बर ४ का वडाध्यक्ष तथा कनकाई नगरपालिकाका प्रवक्ता गोविन्दप्रसाद पौड्याल , कनकाई सामुदायिक वन समुहका अध्यक्ष ख्याम ओली , जामुनवारी सामुदायिक वन तथा जामुनखाडी सिमसारका अध्यक्ष ख्यामप्रसाद सिटौला लगायातले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सम्मानित व्याक्तित्व तीर्थराज खरेलका वारेमा पत्रकार लीलाराज झापाली तथा गोविन्दप्रसाद घिमिरेको वारेमा डिल्लीराम घोर्साईले परिचय गराउनुभएको थियो भने कार्यक्रमको संचालन प्रेस क्लवका सचिव मनोज बस्नेत र स्वागत उपाध्यक्ष संगिता उप्रेतीले गर्नुभएको थियो । सोहि अवशरमा पत्रकार राम निरौलाद्धारा सम्पादित कनकाई खबर साप्ताहिक एक बर्ष पुगेको अवशरमा प्रकाशित बार्षिक पत्रिकाको पत्रकार तीर्थ सिग्देलद्धारा समिक्षा समेत गरिएको थियो ।