Kanakai Online

दसैँमा कनकाई क्याम्पसमा तलव माग्दा जागिर चट्


शुक्रवार, असोज १७, २०७६ |

आइपी भट्टराई
झापाको कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा कार्यरत प्राध्यापकहरुले ८ महिनादेखि आफ्नो तलव नपाउदा यसबर्षको दसैँ खल्लो भएको छ ।
क्याम्पस संचालक समितिले त्यहा कार्यरत ४७ प्राध्यापक र कर्मचारीलाई गत बर्षको चैत्रदेखिको तलव नदिएर रोकेर राखेको पब्लिक क्याम्पस प्राध्यापक संघ कनकाईका अध्यक्ष हरिप्रसाद तिम्सिनाले बताउनुभयो ।
यस अघि प्राध्यापक संघले प्राध्यापकको तलव दिन र अन्य क्याम्पस सुधारका विभिन्न ४ सुत्रिय माग राखेर ज्ञापन पत्र बुझाउदा क्याम्पस प्रमुख र संचालक समिति अध्यक्षले क्याम्पस प्रमुखले भनेको नमानेको र क्याम्पसको नियमित मिटिङमा सहभागि नभएको भन्दै तिम्सिनालाई असोज १६ गतेदेखि लागुहुनेगरि क्याम्पसबाट निष्कासन गरिएको पत्र थमाइएको तिम्सिनाले बताउनुभयो ।
दसैँको मुखमा तलव पाउने आशमा रहेका सबै प्राध्यापकहरु आफ्ना अध्यक्षलाईनै हटाएर सबै कर्मचारीको मान मर्दन गरेको प्राध्यापक संघका उपाध्यक्ष ठाकुरप्रसाद रसाइलीले बताउनुभयो । क्याम्पस संचालक समितिका क्रियाकलापप्रति असहमति राख्दै यसअघि संचालक समितिका कोषाध्यक्ष सहित ६ जना सदस्यहरुले सामुहिक राजीनामा दिएपछि कोषाध्यक्षको अनिवार्य चेक चल्नुपर्नेमा गाउँकै सहकारीमा खाता खोलेर ग्रैह कानुनी तरिकाले क्याम्पस प्रमुख र अध्यक्षले चेक काटेर रकम खर्चगरि क्याम्पस टाट पल्टिएको प्राध्यापक संघले जनाएको छ ।
अल्पसङ्ख्यक रुपमा रहेको क्याम्पस संचालक समितिले आफुखुसी सदस्य मनोनयन गरि सहकारीबाट कारोवार गरि क्याम्पस टाट पल्टाएको आरोप क्याम्पस प्राध्यापक संघको छ । क्याम्पस प्रशासनले भने क्याम्पसमा वढी विवाद निम्तेपछि दसै र तिहार सहितको विदा दिएको छ । क्याम्पस संचालक समितिका गतिविधिका वारेमा प्राध्यापक संघ , प्रगतिशील प्राध्यापक संगठन क्याम्पस एकाई समिति र प्रजातन्त्रवादी प्राध्यापक संघ क्याम्पस एकाई समितिले आज शुक्रवार क्याम्पसमै पत्रकार सम्मेलन गरि यस कार्यको विरोध गरेको छ । संचालक समिति समेत अवैधानिक रहेकोले आफुहरु साधरणसभा र अदालत सम्म जाने समेत संघले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
तस्वीर ः हामीलाई दर्सै आउदैन पत्रकार सम्मेलनमा आफुहरुले तलव नपाएको वताउदै प्राध्यापकहरु फोटो लीलाराज झापाली