Kanakai Online

कनकाईमा श्रीमानले गरे श्रीमतीको काज किरिया


बिहिवार, असोज ९, २०७६ |

कनकाई अनलाईन
हिन्दू परम्परा अनुसार श्रीमतीको निधन हुँदा श्रीमानले काज किरिया ९दशगात्र कर्म० गर्नु पर्दैन भन्ने मान्यता छ । तर, झापाको कनकाई नगरपालिका – ५ टेक्रा निवासी ३७ वर्षीया अमृता पाठकको आत्महत्याबाट निधन भएपछि उहाँका श्रीमान् दीर्घराज पाठक अहिले श्रीमतीको दशगात्र कर्ममा हुनुहुन्छ ।
गत भदौ २८ गते श्रीमती अमृताको निधन भएपछि उहाँ आफैं दशगात्र कर्म गरिरहनु भएको छ । उहाँसंगै मृतक अमृताकी एक छोरी अंकिता र जेठानी दिदी तुलसा पनि दशगात्र कार्यमा सरिक हुनुहुन्छ ।अमृताको निधनपछि उहाँका जेठाजु डेगराज पाठक दशगात्र कार्यमा बस्ने तयारी भएपनि श्रीमतीको मायाकै कारण आफू दशगात्र कर्ममा बसेको उहाँले बताउनुभयो । १२ वर्षीय छोरो अभिषेकको उपनयन नभएका कारण म आफैं श्रीमतीको दशगात्र कार्यमा बसेको हाँ – उहाँले भन्नुभयो ।
श्रीमतीको दशगात्र कार्यमा बसेर दीर्घराजले समाजमा उदाहरणीय कार्य गरेको स्थानीय गोविन्दबहादुर कार्कीले बताउनुभयो ।यता वैदिक सनातन धर्म संरक्षण समितिका अध्यक्ष लक्ष्मीप्रसाद खतिवडाले श्रीमतीको क्रिया श्रीमानले गर्दा हिन्दूशास्त्रमा कुनै बाधा नहुने तथा दशगात्रको सम्पूर्ण कार्य सफल हुने बताउनुभयो । उहाँले श्रीमतीको काजक्रिया श्रीमानले गर्नु समाजका लागि उदाहरणीय कार्य भएको बताउनुभएको छ ।
 

सम्बन्धित खबर