कनकाई अनलाईन
विर्तामोड, असोज ८ गते । कनकाई अनलाईनका सम्पादक तथा गोरखापत्र दैनिकका विर्तामोड समाचारदाता लीलाराज झापाली सम्मानित हुनुभएको छ ।
बुधवार झापाको सरस्वती मावि कनकाईले पत्रकार झापालीलाई समग्र शैक्षिक क्षेत्रको विकासका लागि कलम चलाएको भन्दै सम्मान गरेको हो । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले झापालीलाई नगद सहित सम्मानपत्रद्धारा सम्मान गर्नुभयो । सोहि अवशरमा विद्यालयको शैक्षिक र भौतिक विकासमा सहयोग पुर्याएको भन्दै प्रदेशसभा सदस्य हिराकुमार थापा , कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल , वार्डध्यक्ष रोषनराज पोखरेल र विद्यालयमा फुलवारी निमार्ण गरिदिने दाता घनेन्द्रराज खनाल र दोमकला अधिकारी पत्रकार राम निरौला तथा विद्यालयको भौतिक विकासमा सहयोग गर्ने दाता श्यामसुन्दर ओली , उत्कृष्ट शिक्षकका रुपमा मित्रजंग कार्कीलाई समेत सम्मान गरिएको थियो ।
सोही अवशरमा मन्त्री आङ्बोले विद्यालयमा संचालनमा आएको कम्युटर ल्याप र पुस्तकालयको समेत उद्घाटन गरिएको थियो । कार्यक्रममा प्रदेशसभा सदस्य झलकसिंह दर्लामी शन्देश , सम्मनित व्याक्तित्व हिराकुमार थापा , कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाई , समाजसेवी राजनैतिज्ञ विजय साम्पाड राई , जामुनखाडी सामुदायिक वनका अध्यक्ष ख्याम सिटौला , सम्मानित व्याक्तित्व श्यामसुन्दर ओली , घनेन्द्रराज खनाल लगायातले मन्तव्य राखेको कार्यक्रममा विद्यालयका अध्यक्ष तथा वडाध्यक्ष परशुराम गिरीले विद्यालयको समग्र शैक्षिक अवस्थाको वारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रमको संचालन शिक्षक सुर्यप्रसाद अधिकारीले गर्नुभएको थियो ।


