Kanakai Online

‘विप्लव समूह झापामा दशैंअघि ठूलो दुर्घटना गराउने योजनामा रहेको प्रहरी दावी


मङ्गलवार, भदौ ३१, २०७६ |

देशसंचारबाट
झापा(विर्तामोडको चारपानेमा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको केन्द्रीय कार्यालयको नव निर्मित भवन र गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र चढ्ने गाडीमा विस्फोट गराउने तीन जना विप्लव समूहका कार्यकर्ता पक्राउ पर्नुले नजिकिएको दशैं अघि गराउन सक्ने निकै ठूलो दुर्घटना टरेको नेपाल प्रहरीका अधिकारीहरुले बताएका छन्।
मंगलबार अपरान्ह जिल्ला प्रहरी कार्यालय झापामा पत्रकार सम्मेलन गर्दै उनीहरुले दशैंअघि अर्को विस्फोट गर्ने योजना बनाएको झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए। उनले भने, ‘यदि उनीहरु पक्राउ नपर्नु थियो भने दशैं अघि नै अर्को घटना गराउने उनीहरुको योजना थियो।’
कहाँ घटना गराउने भन्ने बारे पक्राउ परेकाहरु अनुसन्धानको दायरा भएका कारण मैनालीले खुलाएनन्।उनले भने, ‘दशैंको मुखमा मानिसहरुलाई आतंकित बनाउने योजनामा उनीहरु थिए।’
सोमबार बिहान प्रतिबन्धित विप्लव समूहका तीनजना जिल्लास्तरीय नेता तथा कार्यकर्तालाई प्रहरीले विर्तामोडको भद्रपुर रोडमा रहेको नेपाल विद्युत प्राधिकरणको कार्यालय पछाडिपट्टिको घरबाट पक्राउ गरेको थियो।
पक्राउ पर्नेमा झापा हल्दिवारी गा।पा। वडा नं। ५ वस्ने टिका पोखरेल, इलाम माङ्सेबुङ गा।पा। वडा नं। १ वस्ने प्रवीण मिश्र र मकवानपुर भिमफेदी गा।पा। वडा नं। २ वस्ने अनुल सारु मगर रहेका छन्।
उनीहरुलाई विर्तामोडमा रहेको कार्यालयमा छापा मारेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
उनीहरुले चन्दा आतंक मच्चाएको तथा विभिन्न स्थानमा रहेका एनसेलका टावरमा आगजनी गरेको प्रहरीले बताएको छ।
पत्रकार सम्मेलनमा विप्लव समूहको कार्यालयबाट बरामद गरिएका पेस्तोल तथा त्यसमा लाग्ने गोली, पुस्तक तथा विभिन्न कागजात प्रहरीले सार्वजनिक गरेको थियो।
गरामनीमा रहेको विर्तामोड नगरपालिका ७,८ र ९ नम्बर वडाको संयुक्त वडा कार्यालयमा विस्फोट गराउन संलग्न ५ जनासहित विप्लव समूहका ८ जना कार्यकर्ता समातिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
 

सम्बन्धित खबर