Kanakai Online

मेरो जित बहुसंख्यक व्यावसायीको साझा जित हो , सुरेन्द्र प्रधान अध्यक्ष पदका उम्मेद्धार औषधि व्यावसायी झापा


बिहिवार, भदौ २६, २०७६ |

मुलुक संघीय संरचनामा गएपछि पहिलो पटक नेपाल औषधि ब्यबसायी संघ झापाको अबिधेसन र निर्बाचन हुदैछ । यही भदौ २७ गते भोली हुने निर्बाचनका लागि यतिबेला झापामा चुनाबी माहोल तात्दै गएको छ । यो चुनाबलाई आ आफ्नो पक्षमा पार्नका लागि उमेद्वारहरु घर दैलोमा ब्यस्त छन् । विगत २१ बर्षदेखि झापाको सुरुङ्गामा प्रधान मेडिकन एण्ड डायग्नोष्टिक सेन्टर संचालन गरेर बस्नुभएका सुरेन्द्रकुमार प्रधान झापा मात्रै नभएर मेचीकै औषधि व्यावसायी माझ पनि लोकप्रिय हुनुहुन्छ । औषधि व्यावसायीको ४१ बर्षे इतिहासमै प्रथम पटक खुद्रा व्यावसायीका तर्फबाट अध्यक्ष हुन लाग्नुभएका प्रधान औषधि व्यावसायीको यसअघि दुई पटक वरिष्ठ उपाध्यक्ष भई काम गरिसक्नुभएको छ । थोक तथा डिलर व्यावसायीहरु  र साना खुद्रा व्यावसायीको पिरमर्का बुझ्ने र सानाको समस्याको  सुनुवाई गर्न समस्या भोग्दै आएका प्रधान लगायात ठुलो सङ्ख्याका औषधि व्यावसायीले आफुलाई उम्मेद्धारीमा उठाएको कारण अव आफु जितका लागि प्राविधिक रुपमा मात्रै बाकी रहेको प्रधान बताउनु हुन्छ । प्रस्तुत छ नेपाल औषधि व्यावसायी संघ झापाको अध्यक्षको उम्मेद्धार सुरेन्द्र प्रधानसग लीलाराज झापालीले गर्नुभएको  गरिएको कुराकानी ।
१) निर्वाचनमै चाहि किन जानु परेको हो ।
निश्चय पनि म यस औषधि व्यवसायी संघ मेचीको २ कार्याकालसम्म उपाध्यक्षमा रहि काम गरिसकेको छु । उपाध्यक्षमा रहि वसि काम गरेको मान्छे अध्यक्षको लागि तयारी हुनु नौलो कुरो रहेन । फेरि मैले यस दुई कार्यकालमा रहदा बस्दा व्यावसायीहरुका धेरै समस्यालाई नजिकैबाट नियलिएको छु यी तमाम समस्याहरुको हलका लागि म बाहेकको सायद लाग्छ अर्को उम्मेद्धारले समस्याको समाधान गर्न सक्ने अवस्था छैन मैले मेरो लागि भन्दा पनि यी तमाम औषधि व्यावसायीहरुका लागि अध्यक्ष पदको उम्मेद्धारी दिएको हो ।
२) के कस्ता छन तपाईका चुनावी एजेण्डाहरु ?
पहिलो कुरो त औषधि व्यावसायीको अधिवेशनमा जहिल्यै पनि हामी काम गर्ने व्यावसायीहरु अन्यायमै परिरहेको वर्तमान अवस्था छ । यस विचमा हामी खुद्रा र होलसेल व्यावसायी दुबैको समस्यालाई समन्वय गर्नका लागि मेरो उम्मेद्धारी हो । निश्चयपनि हामीले जितेपछि सबै व्यावसायीका साझा र एक एक समस्याको नजिक पुग्ने छौ । हाम्रो कार्याकालभित्रै बर्षौदेखि जकडिएर रहेका समस्याहरु सबैका सबै समाधान गरिदिएर मैले नेतृत्व नयाँ पुस्तामा छाडेर जाने पनि हो ।
३) तपाईको चुनाव जित्ने आधार के छ ?
औषधि व्यावसायी विभागको स्थापना भएको लामो समय वितिसकेको छ । यसविचमा बहुसख्यक व्यावसायीहरुको जहिले पनि हार भएको छ केहि मुठ्ठीभरका व्यावसायीको औषधि व्यावसायी संघमा हालिमुहाली हुने गरेको मैले भोगिरहेको छु । थोरै सङ्ख्याकाले धेरै सङ्ख्यामाथि गर्ने शासनलाई तोड्नका लागि मैले उम्मेद्धारी दिएको हो । अर्को कुरा हामीविच औषधि व्यावस्था विभागको अनुगमन नियमन गर्ने निकाय कुन हो भन्ने कुरामै अन्यौलता वढेको छ । प्रमुख जिल्ला अधिकारी , औषधि व्यावस्था विभाग, स्थानीय निकाय, घरेलु वा राजस्व साखा यसरी हामीलाई नियमन गर्ने निकाय त हामीलाई स्पष्ट थाहा हुनुपर्यो नी यी हाम्रा औषधिका नेताहरुको अदुरदर्शिताकै कारण हामी झापाका पाच सय औषधि व्यावसायीले सधै दुःख भोग्दै आउनुपरेको छ । हामीले आफ्नो व्यावसाय गर्दा सबैसग डराएर बस्नु परेको छ । ठुला व्यावसायी र होलसेलका धनीहरुलाई यी सबै समस्या साना लाग्न सक्छन तर हामी साना खुद्रा व्यावसायीहरु आफ्नो सानो लगानी गरिकन सधै त्रसित बन्नु परेको छ । मैले नेतृत्व पाएपछि म यी सबै व्यावसायीको साथमा रहने छु ।
४) कस्ता छन औषधि व्यावसायीका साझा समस्या ??
ऋघि मैले भनिसकेको छऋघि मैले भनिसकेको छु । औषधि व्यावसायीलाई सबैतीरबाट प्रहार भैरहेको छ । हामीले कर तिरेका छौ जनताको सेवा गरेका छौ तर हामीमाथि सबैपक्षबाट प्रहार जारी छ । करको दोहोरो निति हामीमा छ । औषधि व्यावस्था विभागबाट आएको प्रहरीसहितको टोलीले हामीलाई अपराधिको घर खानतलासी गरेझैँ दुब्यवहार गर्दै आएको छ । क्रेडिट नोटको ढिलासुस्ती र प्रतिशत काट्ने लगायातका दजनौ समस्याहरु रहेका छन । मेरो नेतृत्वमा यी तमाम समस्याहरुको समाधान र फार्मेसीहरुका लागि हेल्थ विमाका लागि म सक्दो पहल गर्ने छु ।
५) अध्यक्ष भएपछि गर्ने थप कामहरु के के छन ??
म लामो समय औषधि व्यावसायी संघका विभिन्न पदमा रहि कार्य र अनुभव लिइसकेको छु । तर आफु अध्यक्ष पदमा बसेर कार्य नगरिकन सबै समस्याको समाधान गर्न नसकिदो रहेछ यो मेरो तितो अनुभव पनि हो यसकारण मैले यसपटक अध्यक्षमा उम्मेद्धारी दिएको छु ।
प्रत्येक फामेर्सीमा एकाउटेन्डको तालिम दिलाउने र व्यावसायीले एक्लै समय दिन नसक्दा पसल बन्द गर्नुपर्ने झण्झटबाट मुक्ति दिने , झापाका सबै बजारको अनुगमन गरि आवश्यकिय स्थानमा औषधि पसल खोल्नका लागि प्रोत्साहन गरिने छ । व्यावसायी माझ सुचना प्रविधिलाई सर्वसुलभ बनाउदै प्रत्येक बैठकका निर्णयहरु सबै व्यावसायीमाझ पुर्याउने अझ प्रत्येक तीन महिनामा एक बुलेटिन प्रकाशन गर्ने , हरेक तीन महिनामा एक व्यावसायीका लागि आवश्यक तालिमको प्रबन्ध गर्ने , औषधि व्यावस्था विभागसग समन्वय गरि पसल निरिक्षण गर्ने कामको प्रबन्ध मिलाउने र विना दर्ता संचालनमा रहेका सबै औषधि पसललाई औषधि विक्रीमा प्रतिबन्ध लगाउने र यस्ता पसलको दर्ता लगायातका लागि सहजीकरण गरिदिने हाम्रो संस्थापनि संघिय संरचनामा गएकोले हरेक समयमा यसवारेको तालिम अन्र्तक्रिया गर्ने गराउने लगायातका काम मेरो नेतृत्वमा हुने छ । यसका लागि म सुरेन्द्र प्रधानलाई एकपटक भोट हालि बिजयी गराइदिन सम्पुर्णं झापाली औषधि व्यावसायीमा अनुरोध छ ।