Kanakai Online

सुरुङ्गा ज्योती मगरले तताउने


बिहिवार, भदौ २६, २०७६ |

कनकाई अनलाईन
नेपालको भ्रमण बर्ष २०२० लाई लक्षित गरि कनकाई नगरपालिका ३ सुरुङ्गा बजारमा आगामी भदौ २७ गते विहिबार भोलीदेखि सास्कृतिक महोत्सव हुने भएको छ ।
शुक्रवार भोलीदेखि आगामी असोज १० गतेसम्म चल्ने सो महोत्सवमा नेपालका चर्चित कलाकारहरुको जमघट हुने भएको महोत्सव मुल समारोह समितिका संयोजक विवेक अग्रवालले बताउनुभयो । लक्ष्मी डिल्ली मार्गको उद्घाटन समेत गरिने सो महोत्सवको कनकाई सचेत युवा क्लवको आयोजनामा हुन गईरहेको छ ।
महोत्सवमा नेपालका चर्चित कलाकारहरु ज्योती मगर , चर्चित र्यापर भीटेन , शिव परियार , मेलिना राई, कमल खत्री , मिलन निरौला, एलिना चौहान लगायातका राष्ट्रिय कलाकारको साथमा रिदम ब्याण्ड, र स्थानीय ब्याण्ड र कलाकारहरुको दैनिक प्रस्तुती रहने सो मेलामा विभिन्न खेल तमासा र खाद्य तथा अटोको प्रर्दर्शनी गरिनको साथै सास्कृतिक प्रदर्शनी समेत गरिन लागेको आयोजक समितिका अध्यक्ष निशेष ओलीले बताउनुभयो । महोत्सव पशुपति मावि दक्षिणमा लाग्ने छ भने महोत्सवको तयारी सबै पुरा भएको छ । यसका लागि स्वयमसेवक र सुरक्षाका लागि सुरक्षा गार्डको साथमा नेपाल प्रहरीको समेत सहयोग लिइने आयोजकले जनाएको छ ।