Kanakai Online

कनकाई विर्ताको नविकरणीय उर्जा साधरणसभा


बिहिवार, भदौ २६, २०७६ |

कनकाई अनलाईन
कनकाई विर्ता अर्जुन नविकरणीय उर्जा तथा फोहोरमैला व्यावस्थापन समितिको प्रथम साधरणसभा सम्पन्न भएको छ ।
साधरण सभामा समितिका अध्यक्ष मिनाल तिम्सिनाले संस्थाको भावी लक्ष्य र संस्थाले गरेका कामका वारेमा प्रकाश पार्नुभएको थियो भने संस्थाका प्रबन्ध निर्देशक दिपक चापागाईले संस्थाले यस अवधिमा जग्गा प्राप्ति देखि १ करोड १२ लाख १६ हजार आम्दामी र २ करोड ४३ लाख ७४ हजार २ सय ३८ रुपैँया खर्च भएको आर्थिक प्रतिवेदन सार्वजनिक गर्नुभयो ।
कार्यक्रममा संघिय सांसाद एलपी साँबा लिम्बुले दिगो विकास र वातावरणको रक्षाका लागि उर्जाले महत्वपुर्ण काम गरिरहेको बताउनुभयो । कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाई , नेकपाका कनकाई नगर अध्यक्ष रविन्द्र लम्साल लगायातले शुभकामना राख्नुभएको थियो ।