कनकाई अनलाईन
कनकाई खेलकुद समितिमा नेकपाका कनकाई नगर अध्यक्ष रविन्द्र लम्साल सर्बसम्मत हुनुभएको छ ।
नगरपालिकाले कनकाई नगरभित्र हुने सबै प्रकारका खेललाई व्यवस्थित रुपमा संचालन गर्नका लागि लम्सालको नेतृत्वमा कार्यसमिति चयन गरिएको कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खरुदेव चुडालले जानकारी दिनुभयो ।
१४ सदस्यीय समितिको सदस्यहरुमा फुटबल विधालाई संयोजन गर्ने गरि कनकाई उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहेका त्रिलोचन चिमरियालाई जिम्मा दिइएको छ भने भलिवल खेलको संयोजकमा यस क्षेत्रका लोकप्रिय फुटबल खेलाडी समेत रहेका दिलकुमार कार्कीलाई सदस्यमा राखिएको छ । यसैगरि नगर समितिको अन्य सदस्यहरुमा क्रिकेट विधाबाट विश्वविजय खरेल , योगबाट टिका कट्टेल र मार्शल आर्टबाट जमुना राईलाई राखिएको छ ।
यसैगरि सदस्यहरुमा बाबुराम कोइराला , जविन तिम्सिना , प्रदिप गजमेर , सारिक गिरी , टंक पाठक , गंगा शिवाकोटी र गोविन्द उप्रेती सदस्यमा रहनुभएको छ यसैगरि सदस्य सचिवमा नगरपालिकाका युवा तथा खेलकुद साखाका प्रमुख रहनुभएको छ । अव आगामी दिनमा कनकाई नगरभर हुने खेलकुदका सबै गतिविधि यसै समितिले गर्ने समेत जनाइएको छ । नगरपालिकामा खेलको यस समिति बनेसगै यस क्षेत्रमा लामो समयदेखि हुन नसकेको सुरुङ्गा गोल्डकप यसै बर्षदेखि सुचारु हुने अप्रेक्षा कनकाई नगरवाशीले राखेका छन ।