लीलाराज झापाली
झापा र इलामको सिमा क्षेत्रस्थित उत्तरी चुरे वनक्षेत्रमा जंगली जनावारको चोरी सिकारी गर्नेक्रम वढ्दै गएको छ ।
झापा तथा इलामका पेशेवर सिकारीहरु भरुवा बन्दुक तथा घरेलु हतियार लिएर दिउसै जंगल क्षेत्रमा प्रवेश गरेर जंगली हरिण ,बदेल , कछुवा , मृग , बनकुखुरा लगायातका जंगली जनावारको सिकार गरेर लैजाने गरेको सुकेडागी सामुदायिक वन समुहका अध्यक्ष भक्त बहादुर पौडेलले बताउनुभयो ।
हालैमात्र सुकेडागी सामुदायिक वन र सरस्वती सामुदायिक वन समुहको सयुक्त गस्तीटोलीले २ थान भरुवा बन्दुक सहित ४ जनाको सङ्ख्यामा रहेका सिकारीको टोलीसग भेट हुदा सिकारीले एक थान भरुवा बन्दुक छाडेर भागेको अध्यक्ष पौडेलले बताउनुभयो । सो भरुवा बन्दुक इलाका प्रहरी कार्यालय सुरुङ्गामा बुझाइएको छ । सो क्षेत्रमा प्राय दैनिकजसो सिकारीले बन्दुक पड्काएको आवाज आउने गरेको स्थानीय इन्द्रप्रसाद भट्टराईले बताउनुभयो । सिकारीहरु हतियार सहित हुने भएकोले जंगलमा घास काट्न जादा पनि डराउदै जानु परेको स्थानीयको भनाई छ । कहिलेकाहि सिकारीको आक्रमण गरि घाइते बनाएका ंजंगली जनावार समेत भेटिने गरेको वनसमुहका अध्यक्ष पौडेलले बताउनुभयो । वन गस्ती टोलीले जंगली जनावारको भन्दापनि जंगलका रुखहरुको सुरक्षामा ध्यान दिदा जंगलमा रहेका जनावारको चोरी सिकारीमा भने ध्यान नपुगेकै कारण जंगली जनावार लोप हुन थालेको पाइको छ ।
केहि बर्ष पहिलेसम्म मानिसको करेसावारीसम्मै आउने बदेल हाल नगन्य मात्रमा पाइने गरेको स्थानीयको भनाई छ । सिकारीको समुहले जंगली जनावारको सिकार गर्नु शोख तथा नजिक्कैका बजारमा महगो दरमा मासु विक्रीका लागि गर्ने गरेको जानकारहरु बताउछन ।
जिल्ला वनमा समेत बन पैदावरको तुलनामा जंगली बन्यजन्तु चोरी सिकारीमा नगन्य मात्रमा मानिसहरु पक्राउ पर्नेगरेको जिल्ला वन कार्यालय झापाका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले बताउनुभयो ।
झापाको दहिझोडा सामुदायिक वन अर्जुनधारामा ५ बर्ष पहिले हरिण मारेको अभियोगमा २ थान भरुवा बन्दुक सहित एक्कै साथ ६ जनालाई पक्राउ गर्नुनै झापामा जंगली जनावार चोरी सिकारीको अभियोगमा पक्राउ परेको हालसम्मकै ठुलो सङ्ख्या रहेको सहायक वन अधिकृत उप्रेतीले बताउनुभयो । यस वाहेक आर्थिक वर्ष ७३\०७४ मा ३ जना , ७४\७५ मा २ जना र ७५\७६ मा २ जनालाई जिल्ला वन कार्यालय झापाले बन्यजन्तु चोरी सिकारीको अभियोगमा पक्राउ गरि मुद्धा चलाएको छ । जसमा अधिकांस मुद्धा हरिण मारेको अभियोग रहेको छ भने रेडपाण्डा तस्करी र पक्षीको बहुमुल्य प्वाख संकलन अभियोगमा समेत झापामा मुद्धा चलान गरिएको छ । झापामा घाइते तथा उद्धार गरिएका जंगली जनावारको संरक्षणकै लागि भनेर जामुनवारी सामुदायिक वन उपभोक्ता समुह कनकाईमा जनावारको संरक्षण केन्द्र समेत संचालनमा ल्याइएको छ ।
तस्वीर ः जंगली जनावार सिकारीले जंगलमा छाडेर गएको भरुवा बन्दुक इलाका प्रहरी कार्यालय सुरुङ्गालाई जिम्मा लगाउदै सुकुडागी सामुदायिक वन समुहका अध्यक्ष पौड्याल लगायात