Kanakai Online

कनकाईमा महाअष्ठमीमा दर्सै हगांमा


बिहिवार, भदौ १९, २०७६ |

कनकाई अनलाईन
भुतपुर्व विद्यार्थी समाज कनकाईको आयोजनामा झापा कनकाई माविमा आगामी असोज १९ गते महाअष्ठमीका दिन साङ्गतीक महोत्सव हुने भएको छ ।
समाजको आयोजनामा हुने कार्यक्रममा कनकाई माविका भुतपुर्व विद्यार्थी तथा नेपाल आइडल सुमित पाठक लगायातका दर्जन वढी भुतपुर्व विद्यार्थीकलाकारहरुको जमघट रहने भुतपुर्व विद्यार्थी समाजका अध्यक्ष अखिल कोइरालाले बताउनुभयो । सो अवशरमा विद्यालयका पुर्व प्राचार्य र भुतपुर्व शिक्षकहरुलाई सम्मानको समेत कार्यक्रम राखिएको समाजका सदस्य तथा संचारकर्मी तीर्थराज खरेलले जानकारी दिनुभयो । कार्यक्रममा नृत्य तथा राष्ट्रिय कलाकारको बेजोड प्रस्तुती रहने र यसका लागि अवका केहि दिनमै वृहत कार्यक्रम राखेर विभिन्न उपसपमितिको गठन गरिने समाजका सदस्य कलाकार राजेश घतानीले बताउनुभयो ।
 

सम्बन्धित खबर