Kanakai Online

क्यान्सर रोगी उप्रेतीद्धारा सहयोगको अपिल


शनिवार, भदौ ७, २०७६ |

कनकाई अनलाईन
झापा कनकाई नगरपालिका ३ सुरुङ्गा टप्पुका ५६ बर्षिय चानक उप्रेती विगत ४ बर्षदेखि क्यान्सर रोगले थलिनुभएको छ ।
नेपाल बैँकको सुरुङ्गा साखामा राम्रै पोष्टमा काम गर्दै आउनुभएका चानक आफु बिरामी भएपछि भएको जागिर मात्रै गुमाउनु भएन हालसम्म उपचारका लागि ७० लाख रुपैँया खर्च गरिसक्नुभएको छ ।
हाल आफ्नो स्वास्थ्यमा सुधार भैसकेको भएपनि अव कम्तीमा २० लाख रुपैँया भएमा आफु पुरा जिवन वाच्ने आशा भएको उप्रेतीले बताउनुभयो । अव मलाई खाद्य नलिको क्यान्सरका लागि केमु चडाउनु पर्छ । भारतको डिल्लीस्थित राजीव गान्धी अस्पतालमा उपचार गराइरहनुभएका उप्रेतीले भन्नुभयो आजसम्म आफ्नो भएभरको जाय जेथा वेचेर तथा आफन्तसग ऋण तथा सहयोग गरेर उपचार गराए अव चाहि मलाई देश विदेशमा रहनुहुने नेपालीले सहयोग गरिदिए हुनेथियो ।
एक छोरा र श्रीमती अम्बिकाका साथमा सुरुङ्गामा रहदै आउनुभएका उप्रेतीले आफ्नो उपचारका लागि आर्थिक सहयोगका लागि सबैसग अनुरोध गर्नुभएको छ । ४ बर्ष पहिले सामान्य पेट दुखेर काठमाण्डौको टिचिङ्ग अस्पतालमा भर्ना हुनुभएका उप्रेतीलाई त्यहा टिबी रोग भनेर निक्कैदिन अल्मलाएको पछि अर्को अस्पताल जादा ट्युमर भैसकेको थाहा भएको बताउनुभयो ।
मैले अस्पताललाई मुद्धा हाल्न खोज्दै थिए तर आफुलाई विरामले वढिनै च्यापिसकेका कारण थप उपचारका लागि दिल्ली गए आजसम्म आईपुग्दा यतिको खर्चभयो अव वाच्छुभने लागेको छ उप्रेतीले भन्नुभयो । कम्तीमा अव केहिउपचार पाए वाच्नेथियो यतिको रकम खर्चभैपनि सक्यो आफुसग उपचारका लागि थप रकम छैन ।
यता उप्रेतीकी श्रीमती अम्बिका देवि ओली उप्रेतीले केहि आफ्ना बन्धुका नेताकोमा जादा बरु झुण्डिएर मर्नुनी बरु भन्ने कटु वचन पाएको दुखेसो पोख्नुभयो । उप्रेतीलाई सहयोग गर्ने चाहना हुनेले नेपाल बैँकको सुरुङ्गा साखामा रहेको अम्बिकादेवि ओलीको नाममा रहेको १४७०१५०६२१५९२१०००००१ नम्बरको खातामा रकम जम्मा गरिदिन वा मोवाइल नम्बर ९८४२६३४५८९ मा सम्पर्क राखिदिन समेत अनुरोध गर्नुभएको छ ।