Kanakai Online

झापामा दैनिक एकजनाको मृत्यु आत्म हत्याबाट


मङ्गलवार, साउन २१, २०७६ |

लीलाराज झापाली
झापा जिल्लामा झुण्डिएर आत्महत्या गरेर मर्नेको सङ्ख्या अत्याधिक वढेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापामा दैनिक एक जनाकै दरले झुण्डिएर आत्महत्या गर्ने गरेको तथ्याङ्क प्रहरीकोमा आउने गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरिक्षक ( डिएस्पी) महेन्द्रकुमार श्रेष्ठका अनुसार झापामा सबैभन्दा वढी मृत्यु हुनेको सङ्ख्यामा आत्महत्या रहेको छ । आर्थिक बर्ष २०७५/७६ मा सबैभन्दा वढी झापामा २६१ जनाले झुण्डिएर आत्महत्या गरेका छन ।
झापामा थप एक जनाको शव नरिवलको डेरिको पासो लगाएर शंकास्पद झुण्डिएको अवस्थामा भेटिएको छ यसको मुद्धा फछौंट हुन बाकी छ ।
झुण्डि आत्महत्या गर्नेको सबैभन्दा वढी सङ्ख्या केहि बर्ष पहिलेसम्म छिमेकी जिल्ला इलाम रहेको भएपनि पछिल्ला बर्षमा यसको दर झापामा देखिएको प्रहरीको भनाई छ ।
झापामा झुण्डिएर आत्महत्या गर्नेमा १६२ जना पुरुष ७९ जना महिला ७ जना बालक, ११ जना बालिका तथा २ जना विदेशी नागरिक समेत रहेको श्रेष्ठले बताउनुभयो । झापा प्रहरीको तथ्याङ्कमा आर्थिक बर्ष २०७५÷७६ मा जम्मा ५६९ जनाको हत्या तथा मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सबैभन्दा वढी झुण्डिएर आत्महत्याको सङ्ख्या रहेको प्रहरी प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
झापामा झुण्डि आत्महत्या पछि सबैभन्दा वढी सवारी दुर्घटनामा परि ज्यान गुमाएका छन । झापामा यस बर्ष सवारी दुर्घटनामा परि ८३ जनाले ज्यान गुमाएका छन , जसमा ७५ जना पुरुष १ जना महिला ४ बालक १ वालिका र एक जना विदेशी पुरुष रहेका छन । झापामा ४६ जना मानिस मृत अवस्थामा फेला परेका छन । जसमा ३९ जना पुरुष ६ जना महिला र १ जना विदेशी नागरिक रहेका छन । यसैगरि ३६ जनाले पानीमा डुबेर ज्यान गुमाएका छन जसमा १९ जना पुरुष २ जना महिला ११ जना वालक र २ वालिका रहेको प्रहरीले जनाएको छ । यसैगरि यस बर्षमा २७ जनाले विष सेवन गरेर आत्महत्या गरेका छन जसमा १६ जना पुरुष र ११ जना महिला रहेका छन ।
आर्थिक बर्ष २०७५÷७६ मा झापामा करेन्ट लागेर १९ जनाको ज्यान गएको छ जसमा १६ जना पुरुष २ महिला र १ जना वालक रहेका छन । झापामा यस बर्ष १५ जनको कतव्य ज्यान गएको छ जसमा ७ पुरुष ५ महिला १ वालक, १ वालिका र १ जना विदेशी नागरिक रहेको प्रहरीले जनाएको छ । झापामा १ जनाको अपहरण गरि कतव्य ज्यान लिइएको छ भने दुरुत्साहन ज्यान १ जना , आगलागीबाट ३ जना , सवारी भवितव्यमा परि झापामा १५ जनाले ज्यान गुमाएका छन ।
झापामा चट्याङ लागि ३ जनाको मृत्यु भएको छ भने खाटमा अडेस लागेको अवस्थामा एक जनाको मृत्यु भएको पाइएको छ । यसैगरि माटोले पुरिएर समेत एक जना वालकको ज्यान गएको छ । झापामा हात्तीको आक्रमणमा परि एक जना पुरुषले ज्यान गुमाएका छन । झापामा रुखबाट लडेर २ जना तथा घरको छतबाट लडेर समेत ३ जनाको ज्यान गएको छ । यसैगरि गोरुले हानेर १ जना तथा पसलको दोकानको सर्टर अचानक झरेर टाउकोमा लागेर समेत १ जनाको मृत्यु भएको छ ।
झापामा आर्थिक वर्ष २०७५÷७६ मा जम्मा ५६६ वटा मुद्धा दर्ता भएकोमा १७६ वटा मुद्धा फछौंट भएको र वाकी ३९० वटा मुद्धाको किनारा लाग्न वाकी रहेको जिल्ला प्रहरीका प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
(तस्वीर गुगलबाट )

सम्बन्धित खबर