Kanakai Online

पुल निर्माणले ५ वार्ड जोडियो


सोमवार, साउन २०, २०७६ |

लीलाराज झापाली ।
सुरुङ्गा साउन २० गते । बर्खा याममा दक्षिणी झापा गाउँपालिकाको ५ वटा वाडवासीहरुको प्राय भेट हुन मुस्किल थियो ।
भेटघाट गर्नका लागि कित ठुलो जोखिम मोलेरै सानो माइ तरेर वारीपारी गर्नुपर्दथियो नभए २२ किलोमिटरको दुरीमा रहेको सुरुङ्गा बजारमै नपुगि धरै थिएन तर यस बर्षको बर्खायाममा भने यस क्षेत्रका स्थानीय यति धेरै सास्ती खप्नु परेन ।
यस क्षेत्रका सांसद एलपि साँबा लिम्बुको सांसद स्थानीय विकास पुर्वाधार कोषको ५५ लाख लागत र स्थानीयको २० प्रतिशत रकम बरावरको जनश्रमदानबाट झापा गाउँपालिका ७ र ६ को विचमा रहेको सानो माइमा बक्स पुल हालिएपछि यस गाउपालिकाका प्राय सबै वार्डविच मानिसहरुको आवतजावत गर्न सजिलो भएको छ ।
दुई बर्ष पहिले यस क्षेत्रमा रहेका दुई ठुला खोलाहरु माई र विरिङ नदि तथा अन्य साना ठुला भङ्गालोहरुले बगाएर एउटै गाउपालिकाबाट ११ जनाको ज्यान गएपछि स्थानीयवाशी बर्खाको याममा नदिबाट थप प्रताडित रहेका थिए । स्थानीय उपभोक्ताद्धारा निर्माण गरिएको सो वक्स पुलको संघिय सांसद एलपिसाँबा लिम्बु तथा झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह र उपाध्यक्ष कुन्तीदेवि बुडाथोकीले विशेष कार्यक्रमका विच उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै सांसद साबाँले आगामी बर्षमा गाउँपालिका र संघिय सांसदको आधा आधा रमकमा झापा गाउँपालिकाभित्र थप दुईवटा यसप्रकारका पुल लगाइ छाड्ने र कम्तीमा झापा गाउपालिकावाशी बर्खायाममा डुबेर मृत्युको समाचार सुन्नु नर्पने जिम्मेवारी सरकारले लिने बताउनुभयो । उपभोक्ता समितिका अध्यक्ष गजेन्द्र ताम्लीले बक्स पुल निर्माणमा इन्जिनियरले गलत इष्टमेट बनाइदिएका कारण उपभोक्ता समितिको ठुलो क्षति व्यार्होनु परेको बताउनुभयो ।
आफुहरुले बनाएको पुल सरकारले ठेकेदार कम्पनी मार्फत बनाउदा २ करोड भन्दा माथि लागत लाग्ने समेत अध्यक्ष ताम्लीले दावी गर्नुभयो । पुल निर्माण सगै झापा गाउँपालिका वार्ड नम्बर १,२,३,६ र ७ नम्बर वाशीहरु प्रत्यक्ष लाभान्वित भएका छन । पुल नहुदा यस क्षेत्रको गाउँमा बर्खामा एम्बुलेन्स लगायातका अत्यावश्यकीय साधन नजादा विरामी तथा साना स्कुले विद्यार्थीसमेत पानी परेका दिन स्कुल जान नपाउने गरेको झापा गाउँपालिका वार्ड नम्बर ७ का वार्डध्यक्ष नेत्रप्रसाद उप्रेतीले बताउनुभयो । सोहि अवशरमा उपभोक्ता समितिले पुल निर्माणका लागि रकम निकासा गरिदिने माननीय साँबा र कम लागतमा पुल निर्माणका लागि सहयोग गर्ने तोयाव हुसेनलाई सम्मान समेत गरिएको थियो ।
तस्वीर ः झापा गाउँपालिकामा बक्स पुल उदघाटन गर्दै माननीय साँबा लगायात लीलाराज झापाली