Kanakai Online

करेन्ट लागेर सुरुङ्गामा एकको गयो ज्यान


सोमवार, साउन १३, २०७६ |

कनकाई अनलाईन
प्लटिङ्ग जग्गामा जमेको पानी मोटरलगाएर तान्नेक्रममा करेन्ट लागेर झापा कनकाई नगरपालिका २ सेल्फी डाँडा छेउमा आज एक कामदारको मृत्यु भएको छ ।
स्थानीय १९ बर्षिय कामदार सोम किस्कुको जमेको पानीबाट शरीरमा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवत्ता डिएस्पी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । सोमवार विहान किस्कुले जमेको पानी मोटर लगाएर तान्नेक्रममा नाङ्गो तारमा खुट्टाले छोएर घाइते बनेका थिए उनको उपचारका क्रममा विर्तामोडस्थित विर्तासिटी हस्पिटलमा मृत्यु भएको थियो ।

सम्बन्धित खबर