कनकाई अनलाईन ।
२८ सालको झापा विद्रोहका नायक तथा प्रधानमन्त्री केपि शर्मा ओलीका राजनैतिक गुरु समेत मानिने सहिद रामनाथ दाहालको परिवार सहिद दर्जन सहिद तथा वेपत्ता परिवारलाई आज सुरुङ्गामा सम्मानित गरिएको छ ।
सहिद डिल्ली गौतम स्मृति प्रतिष्ठानको २६ औ स्मृति दिवशको आयोजनामा सुरुङ्गामा आयोजित सहिद तथा वेपत्ता परिवार सम्मान तथा रक्तदान कायक्रममा कनकाई नगर क्षेत्रका सहिद परिवारहरु सहिद रामनाथ दाहाल , डिल्लीराम गौतम , प्रेम श्रेष्ठ सुधिर , राजन गिरी , लक्ष्मी पाण्डे , शंकर खपाङ्गी , पुष्प बजगाईँ , मानबहादुर खपाङ्गी , देवेन्द्र पौडेल , भीम बहादुर पौडेलका परिवार यसैगरि वेपत्ता बनाइएका सुरेश पोखरेल , सम्झना अधिकारी र रमेश ढुङ्गेलका परिवारलाई प्रदेशसभा सदस्य हिराकुमार थापा , कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल , नेपाल कम्युनिष्ट पार्टी झापाका सचिव मणिकुमार साम्पाङ्ग बिजय लगायातले सम्मानित गर्नुभयो । सोहि अवशरमा प्रतिष्ठानद्धारा आयोजित रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गरेको डिल्ली गौतम प्रतिष्ठानका सचिव विनोद राना मगरले बताउनुभयो । यता सहिद स्मृति दिवशकै अवशरमा निशुल्क रगत परिक्षण समेत गरिएको थियो ।
प्रतिष्ठानका अध्यक्ष रविन्द्र लम्सालको सभापतित्व तथा डम्बर फुयाँलको स्वागतमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि थापा , कनकाई नगरपालिका मेयर पोखरेल , नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिव मणिकुमार साम्पाङ्ग बिजय , कनकाई नगरपालिका वार्ड नम्बर ३ का वार्डध्यक्ष रुद्रप्रसाद चिमरिया , सहिद परिवारका तर्फबाट कनकाई नगरपालिकाकी उपमेयर तथा सहिद रामनाथ दाहालकी छोरी मन्जु दाहाल प्रसाई लगायातले सहिदकै कारण मुलुकमा यो परिवर्तन सम्भव भएको भन्दै सहिदले देखाएको बाटोमा राजनेताले हिड्नुपर्नेमा जोड दिनुभयो ।