Kanakai Online

कनकाईका सबै गरिवलाई अब निशुल्क विद्युत मिटर


सोमवार, असार २३, २०७६ |

कनकाई अनलाईन
नेपाल विद्युत प्राधिकरणले कनकाई नगरपालिका क्षेत्रका गरिव तथा विपन्न १३५ परिवारलाई निशुल्क विद्युत मिटर प्रदान गरेको छ ।
नगरपाकिला क्षेत्रभित्रका सबै ९ वटै वार्डका गरिवहरुको पहिचान गरि सबैलाई निशुल्क मिटर प्रदान गरिनेमा पहिलो चरणमा नगरको वार्डनम्बर १ , २ र ३ का १३५ जनालाई आज निशुल्क मिटर प्रदान गरिएकोमा आगामी दिनमा सबैवार्डका सबै गरिवलाई निशुल्क मिटर प्रदान गरिने कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभयो । अवका केहि दिनमै नगरपालिकालाई उज्यालो नगरिको रुपमा समेत घोषणा गर्न लागिएको नगरप्रमुख पोखरेलले बताउनुभयो ।
कनकाई नगरपालिकालाई केहि महिना पहिलेमात्रै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशकै पहिलो विद्युत चुवाहत मुक्त पालिका घोषणा गर्नुभएको थियो । जस कार्यक्रमको सफलतापछि यस पालिकालाई विद्युत प्राधिकरणले गरिव परिवारका लागि निशुल्क विद्युत मिटर खरिदका लागि ३० लाख रुपैँया विनियोजित गरेको थियो । विद्युत मिटर लिएपछि यसअघि आफुसग जग्गाको धनीपुर्जा नहुदा तथा आर्थिक कारणले घरमा मिटर जोड्न नपाएकाहरुले मिटर जडान गर्न पाएको नेपाल विद्युत प्राधिकरणका उज्यालो नेपाल परियोजनाका कानुन अधिकृत निलकण्ठ शर्माले बताउनुभयो । कनकाई नगरपालिकाका १ , २ र ३ नम्बर वार्डका गरिव स्थानीयलाई आज नगरप्रमुख पोखरेल सहित , नेपाल विद्युत प्राधिकरण उज्यालो नेपाल अभियानका निर्देशक राजनऋषि कडेँल , कानुन अधिकृत निलकण्ठ शर्मा , कनकाई नगरपालिका उपप्रमुख मन्जु प्रसाई , वार्डअध्यक्षहरु रुद्रप्रसाद चिमरिया , रोषनराज पोखरेल , परशुराम गिरी लगायातले मिटर प्रदान गर्नुभएको थियो ।