Kanakai Online

कनकाईका कलाकारहरुको उत्कृष्ट काम


आइतवार, जेठ २६, २०७६ |

कनकाई अनलाईन
कनकाई । कनकाई सांस्कृतिक कलाकार संघले आफ्नो उद्देश्य र योजनाहरु एक पत्रकार संमेलन गरेर सार्वजानीक गरेको छ ।
शनिबार होटल डिलाईट सुरुङ्गामा स्थानीय पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा संघको सम्पूर्ण वार्षिक योजना सहतिको प्रेसनोट प्रदान गरि सार्वजनिकम गरिएको हो । कनकानई नगरपालिकाभित्र रहेका विद्यार्थीहरुलाई आफुमा भएको गायन, नृत्य, उद्द्योषण जस्ता क्षमतालाई प्रस्फुटन गर्दै समुदायमा प्रदर्शन गर्न सक्ने बनाउने मुख्य लक्ष रहेको संघका उपाध्यक्ष सुसान्त लिम्बुले बताए । साँस्कृतिक लोक नृत्य तथा गायन प्रतियोगितालाई निःशुल्क रुपमा समुदायमा सेवा प्रदान गर्नुका साथै कनकाई नगरपालिका क्षेत्रमा रहेका १४ वटै सामुुदायीक विद्यालयवाट गरिव तथा जेहनदार २/२ जना विद्यालयलले सिफासिर गरेर पठाएका विद्यार्थीहरुको पहिचान गरी उनीहरुलाई १ वर्ष सम्ममा लिइने प्रति व्यक्ति १२ हजारका दरले २८ जनाको ३ लाख ३६ हजार बराबरीको निशुल्क रुपमा शिक्षण गरिने संघका अध्यक्ष अमन गुप्ताले बताए । यस क्षेत्रमा रहेका सामुदायीक विद्यालयहरुमा गएर नृत्य तथा गायन प्रशिक्षणहरु समेत निशुल्क रुपमा प्रदान गरिने बताइएको छ । संघले स्थानीय विभिन्न संघ संस्थाहरुसँको सहकार्यमा अन्य धेरै कार्यक्रमहरु गर्दै जाने समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
नेपाल पत्रकार महासंघ झापा जिल्ला सदस्य लीलाराज झापाली, कनकाई सुरुङ्गा प्रेस क्लबका अध्यक्ष रामप्रसाद निरौला, संचारकर्मी मनोज बस्नेत लगायतले यस संघले पत्रकारहरु सँगको सहकार्यमा कामहरु गर्दै जाने हो भने आफुहरु सदैब मिडिया पाटनरको रुपमा रहेर सहयोग गर्दै जाने कुराको प्रतिबद्य्ताा व्यक्त गरेका थिए । संघका अध्यक्ष अमन गुप्ताको अध्यक्षता सम्पन्न उक्त पत्रकार सम्मेलनमा उपाध्यक्ष सुसान्त लिम्बुले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव नम्रता पाठकले गरेकी थिइन् ।