कनकाई अनलाईन ।
झापाको विर्तामोडस्थित कनकाई हस्पिटलमा उपचारका लागि ल्याइएकी युवतीको मृत्युपछि हाल सो अस्पतालमा तनाव भएको छ ।।
विमा कार्यक्रम लागु भएपछि सुर्योदयन गरपालिका ९ फिक्कलबाट बर्ष २१ की देविका तामाङ्गलाई गत बुधवार एपिन्डीसको अप्रेशनका लागि अस्पताल भर्ना गरिएको मृतकका पिता दावा तामाङ्गले बताउनुभयो ।
तर आइतवार आज विहानसम्म डाक्टरहरुको टिमले विरामीको स्थिति सामान्य छ भनेपनि आज विहान ८ बजे एक्कासि डाक्टरले विरामीको अवस्था अलिक खराव भयो , विराटनगर लैजानु भनेको र कनकाई हस्पिटलकै एम्बुलेन्समा राखि विराटनगर नोबेल लैजादा नोवोलले विरामी मरिसकेको बताएको पिता दावाले बताउनुभयो । अहिले मृतकका आफन्तले उपचारमा संग्लन डाक्टर सन्तोसकुमार मिश्रलाई कार्वाहीको माग गर्दै विराटनगरबाट फिर्ता ल्याएको शवलाई अस्पतालमै शव राखेर प्रर्दशन गरिरहेका छन । हाल कनकाई हस्पिटलको अवस्था तनावग्रस्त रहेको छ भने कनकाईका सम्पुर्ण डाक्टरहरु अन्यत्र गएकाले उपचार हुन पाएको छैन । हाल कनकाई हस्पिटलमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।