कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ४ टेक्रामा बिषालु च्याउ खाएर २ जना सिकिस्त बिरामी परेका छन ।
कनकाई नगरपालिका ४ टेक्रामा कनकाई बगर काँसघारीबाट टिपेर ल्याएको च्याउको तरकारी पकाएर खादा स्थानीय लक्ष्मण तामाङ्ग र उनकी श्रीमती फुलमाया तामाङ्ग सख्त बिरामी भएपछि हाल दुबैको विर्तामोडस्थित विएण्डसी हस्पिटलमा सघन उपचार कक्ष आइसियुमा उपचारभैरहेको छ । लक्ष्मणले गाई वगाह लगाउन जादा खेतमा भेटेको च्याउ पकाएर दुबै जनाले खानासाथ बान्ता सुरु भएको स्थानीय लङ्गबहादुर खड्काले जानकारी दिनुभयो ।