कनकाई अनलाईन ।
झापाको शिवसताक्षी नगरपालिका ३ पारावारीमा आयोजित तेस्रो प्रदेश स्तरीय खुल्ला पुरुष भलिबलको उपाधि झापा गाउँपालिका शरणामतीले हात पारेको छ ।
आज सम्पन्न फाइनल खेलमा छिमेकी टिम कनकाई नगरपालिका झापालाई पराजित गर्दै शरणामतीले नगद १ लाख १ हजार सहितको उपाधि रक्षा गरेको हो । दोस्रो बनेको कनकाई नगरपालिकाको टिमले भने नगद ५१ हजार रुपैँया र ट्रफि पाएको छ । यो जितसगै झापा गाउँपालिकाले यहि एक सातामै दुई उपाधि जितेको छ ।
गत शनिवार मात्रै झापा गाउँपालिकाले समेत सुनसरीको इनरुवामा जारी प्रदेश स्तरीय प्रतियोगिताको समेत उपाधि जितेको थियो । वडा खेलकुद विकास समिति शिवसताक्षी वार्डनम्बर ३ पारावारीको आयोजनामा पारावारीमा गत विहिवारदेखि आयोजित प्रतियोगितामा प्रदेश नम्बर १ का १२ टिमको सहभागिता रहेको थियो । बिजयी तथा उपबिजयी टिमलाई शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा , वडाअध्यक्ष पुण्यप्रसाद सापकोटा , अव्यवस्थित बसोवास विकास समितिका अध्यक्ष राधाकृष्ण खनाल , नगर खेलकुद समितिका राजु श्रेष्ठ , नेकपाका नगर अध्यक्ष महेन्द्र भट्टराई भलिबलका पुर्व राष्ट्यि खेलाडी गजेन्द्र ताम्ली ,, लगायतले नगद तथा ट्रफि प्रदान गनुभयो ।
प्रतियोगिताका सर्बोउकृष्ट खेलाडी बिजयी टिमका घनश्याम गुरुङ्ग हुनुभयो । उहाँले नगद ५ हजार रुपैँया पाउनुभयो । यसैगरि प्रतियोगितमा उत्कृष्ट ब्लकर बिजयी टिम शरणामतीकै मिलन गुरुङ्ग , बेष्ट सर्टर शरणामतीकै मिलनचन्द्र ठकुरी , बेष्ट सर्भिस शरणामतीकै दिन राणा , यसैगरि बेष्ट क्युकर कनकाई नगरपालिकाका सुरज चौधरी , बेष्ट लिब्रो कनकाई नगरपालिकाका गणेश कटुवाल र बेष्ट स्पीकर कनकाईकै मनिस गौतम हुनुभएको आयोजक समितिका संयोजक लासाङ्ग दोर्जे तामाङ्गले बताउनुभयो । यसअघि यस क्षेत्रका ३ बिद्यालयहरु भानु मावि , पाथिभरा प्रावि र शान्ति आधारभुत प्राविलाई भलिबल खेलको बृद्धि विकासका लागि वल र नेट प्रदान गरिएको थियो । प्रतियोगिताको प्रथम पुरस्कार स्थानीय समाजसेवी टिका तामाङ्गले सौजन्य गर्नुभएको थियो ।