Kanakai Online

कनकाई नगर इन्चार्जमा प्रसाई


शनिवार, जेठ ११, २०७६ |

कनकाई अनलाईन
नेपाल कम्युनिष्ट्र पार्टी नेकपाको कनकाई नगर इन्चार्जमा युवा नेता तथा नेकपाका जिल्ला सचिवालय सदस्य गोपाल प्रसाई चयन भएका छन । प्रसाई लामो समयसम्म भुमिगत कालमा जेल परेका थिए । यसैगरि सहइन्चार्जमा पुर्व संविधानसभा सदस्य समेत रहनुभएकी नेतृ अम्बिका खबास राजवंशी चयन हुनुभएको छ । पार्टीको कार्यालय सदस्य तथा उपप्रधान तथा रक्षा मत्री इश्वर पोखरेलले सबै नेकपाका जिल्ला अध्यक्ष सचिव तथा झापाका सबै १५ पालिकाका इन्चार्ज सहइन्चार्ज , क्षेत्रिय इन्चार्ज , सहइन्चार्जलाई पदको सपथ खुवाउनुभएको थियो । यसैगरि झापा गाउँपालिकाको इन्चार्जमा भक्तबहादुर बानिया तथा सहइन्चार्जमा हिमबहादुर कार्की , मेचीनगर इन्चार्जमा देवकुमार राई तथा सहइन्चार्जमा रामकुमार राई , विर्तामोडको इन्चार्जमा युवराज दाहाल , सहइन्चार्जमा हरि ओझा , अर्जुनधारा नगरपालिकाको इन्चार्जमा नरकुमार तामाङ्ग र सहइन्चार्जमा कुसुम राई , भद्रपुर नगरपालिकामा इन्चार्जमा असारु राजवंशी र सहइन्चार्जमा नरेश संजेल , शिवसताक्षी नगरपालिकामा इन्चार्जमा ज्ञानेन्द्र बिक र सहइन्चार्जमा एनपि लामिछाने , गौरादह नगरपालिकाको इन्चार्जमा हुकुम नेपाली र सहइन्चार्जमा बलराम खरेल , दमक नगरपालिकामा इन्चार्जमा नेत्र दाहाल र सहइन्चार्जमा बेदु गौतम , बुद्धशान्ति गाउँपालिकामा इन्चार्जमा छत्र बहादुर तिम्सिना रोषन र सहइन्चार्जमा योगमाया पराजुली , हल्दिवारी गाउँपालिका इन्चार्जमा धर्म शिवाकोटी र सहइन्चार्जमा राजेन्द्र योङ्गहाङ्ग , कचनकवल गाउँपालिकामा इन्चार्जमा तेजेन्द्र मैनाली र सहइन्चार्जमा टिका गुरुङ्ग , बाह्रदर्शी गाउँपालिकाको इन्चार्जमा पदमबहादुर थापा र सहइन्चार्जमा देवि ओझा , कमल गाउँपालिकाको इन्चार्जमा शिव ढुङ्गेल र सहइन्चार्जमा प्रताप सुब्बा , गौरीगंज गाउँपालिकाको इन्चार्जमा कैलास मास्के र सहइन्चार्जमा सीताराम अधिकारी रहनुभएको नेकपाका जिल्ला सचिव मणिकुमार साम्पाङ्ग बिजयले बताउनुभयो ।