Kanakai Online

सुरुङ्गा खानेपानीमा कांग्रेसको समर्थन भीम अधिकारीलाई


शनिवार, जेठ ४, २०७६ |

कनकाई अनलाईन
आगामी जेठ १६ गते हुने सुरुङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनका लागि नेपाली कांग्रेसको सर्मथनमा पुर्व गाविस अध्यक्ष तथा साझा विवेशशीलका नेता भीमप्रसाद अधिकारीले अध्यक्षमा उम्मेद्धारी दिनुहुने भएको छ ।
कांग्रेस , विवेशशील , राप्रपाको ज्योती समुह , र समाजवादी पार्टीको तर्फबाट अधिकारीले अध्यक्षमा उम्मेद्धारी दिन लाग्नुभएको हो । यस समुहबाट उपाध्यक्षमा युवराज संग्रौला र सचिवमा मिनकुमार प्रधानले उम्मेद्धारी दिने हुनुभएको छ । बाकी उम्मेद्धारहरुको निर्णयहुन बाकी रहेको र आजै निर्णय गरिएर दिउसो १२ बजे उम्मेद्धारी दिइने अधिकारीले बताउनुभयो ।
खानेपानीको आज उम्मेद्धारी मनोनयनको समयरहेको निर्वाचन समितिका संयोजक टिका पोखरेलले बताउनुभयो । यता अर्को प्रेम दाहाल प्यानलमा उपाध्यक्षमा यामनाथ सेढाई , सचिवमा टिकाप्रसाद पाठक र कोषाध्यक्षमा सुरेशकुमार गुरुङ्गले उम्मेद्धारी दिने भएका छन यसैगरि सदस्यहरुमा भीष्म मैनाल , रमेश हुमागाई , राजेन्द्र उप्रेती , चित्रा श्रेष्ठ , र कल्पना ढकाल सदस्यमा सिफारिस गरिएको नेकपाका जिल्ला सदस्य तथा उम्मेद्धार सिफारिस समितिका सदस्य गोपाल प्रसाईले बताउनुभयो ।

सम्बन्धित खबर