Kanakai Online

बनमन्त्री ढकाललाई खानेपानीको सम्मान


बुधवार, वैशाख २५, २०७६ |

कनकाई अनलाईन
खानेपानीको स्थापनामा महत्वपुर्ण भुमिका खेलेको भन्दै तत्कालिन वन मन्त्री बीरमणि ढकाललाई सुरुङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आज सम्मान गरेको छ ।
संस्थाको आठौ बार्षिक साधरणसभामा पुर्वमन्त्री ढकाललाई प्रदेशसभा सदस्य हिराकुमार थापा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल , उपप्रमुख मन्जु प्रसाई लगायातले पुर्व वनमन्त्री ढकाललाई सम्मान गर्नुभयो । सोहि अवशरमा उत्कृष्ट कर्मचारीका रुपमा संस्थाका कर्मचारी श्रीप्रसाद भेटेवाललाई समेत सम्मानित गरिएको थियो । संस्थाका अध्यक्ष प्रेम दाहालले संस्थाले बर्षभर गरेका गतिविधिहरु प्रस्तुत गर्नुभएको थियो । साधरणसभाले अध्यक्ष सहित ९ सदस्यीय कार्यसमिति चयन गर्दै छ । निर्वाचनका लागि टिकाकुमार पोखरेलको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समितिको गठन गरिएको छ ।
समितिको सदस्यमा गंगा ढुङ्गेल र दुर्गा प्रसाई रहनुभएको छ । कार्यक्रममा नेकपाका अध्यक्ष रविन्द्र लम्साल , कांग्रेसका युवराज संग्रौला , वार्डअध्यक्ष परशुराम गिरी , कनकाई माविका अध्यक्ष जनार्दन उप्रेती लगायातले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको आर्थिक प्रतिवेदन कोषाध्यक्ष इन्द्र रोक्काले राख्नुभएको थियो भने स्वागत उपाध्यक्ष यामनाथ सेढाईँले गर्नुभएको कार्यक्रमको संचालन सचिव गोविन्द पौडेलले गर्नुभएको थियो । वि ः स २०६३ साल माघ २ गतेदेखि परिक्षण गरि २०६४ साल जेठ १ गतेदेखि मिटर जडान गरि नियमित पानी वितरण गरिरहेको यस सुरुङ्गा खानेपानीमा कनकाई नगरका ३ वार्डहरु ३ , ४ र २ मा ३६ सय भन्दा वढी घरधुरीमा २४ घण्टा पानी वितरण भइरहेको छ ।

सम्बन्धित खबर