कनकाई अनलाईन
कोटीहोम धार्मिक विकास संस्थाको नवनिर्वाचित अध्यक्ष पदाधिकारी तथा सदस्यले आफ्नो कार्यकालको पहिलो काम कोटीहोमको प्रमुख मन्दिर परिसरमा सरसफाईबाट सुरु गरेका छन ।
गत वैशाख ६ गते सम्पन्न निर्वाचनबाट निर्वाचित अध्यक्ष नवलकिसोर दत्त सहितको २३ सदस्यीय कार्यसमिति , स्थानीयवाशी , पत्रकार र जनप्रतिनिधिसहितको टोलीले कोटीहोमको मुल मन्दिरको सफाई गरेको हो । योगी नरहरिनाथले २०४२ सालमा कोटीहवन गरेको स्थानमा दाताले मुल मन्दिर बनाइदिएपनि उचित सरसफाईको अभावमा मन्दिर परिषर हेर्दै दुर्गन्धित बनेको थियो भने मन्दिर वरिवरी बनाइएका हवनकुण्ड झाडी र जंगली झारले पुरै पुरिएको थियो ।
नयाँ कार्य समितिले आफ्नो पहिलो बैठकदेखिनै आफै लागेर मन्दिर सफाई थालेसगै स्थानीयले खुसी व्यक्त गरेका छन । विहानीले दिउसोको प्रतिनिधित्व गर्छ भनेझै कोटीहोम संस्थाको कामले देखाएको छ स्थानीय जनप्रतिनिधि रोषन सुवेदीले भन्नुभयो । सरसफाई कार्यक्रमपछि मन्दिर परिषरमा व्यावसायिक हिसावलेनै फुलखेती गरिने र सरसफाई कार्यक्रमलाई दैनिक र मासिक रुपमा निरन्तर संचालन गरिने कोटीहोम धार्मिक विकास संस्थाका बरिष्ठ उपाध्यक्ष नारायण ओलीले बताउनुभयो ।