Kanakai Online

कनकाई घाटमा पुन कडरिया


सोमवार, वैशाख १६, २०७६ |

सिएम शर्मा \ कनकाई
कनकाई घाट कनकाई नगरपालिका ४ क‍ोटीहोमको अध्यक्ष पदमा पुनः प्रभाखर कडरिया निर्वाचित भएका छन।
कनकाई घाट कनकाई नगरपालिका ४ क‍ोटीहोम को शनिबार सम्पन्न पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशन बाट कडरिया सर्वसम्मत रुपमा आगामि तीन बर्से कार्यकालका लागि अध्यक्ष पदमा चयन भएका हुन ।
एकराज गिरी संयोजक विकास प्रसाद उप्रेती र तिर्थ खरेल सदस्य रहेको निर्वाचन समितिका अनुसार १७ सदस्यीय उक्त कार्यकारिणी समितिमा वरिष्ठ उपाध्यक्षमा दिपेन्द्र पोखरेल , उपाध्यक्षमा वेद प्रकाश अग्रवाल , महासचिवमा सुर्य उप्रेती , सचिवमा सुरेशकुमार अग्रवाल ९ भद्रपुरे ० , कोषाध्यक्षमा मेनुका मैनाली सर्वसम्मत चयन भएका छन । सदस्य पदका लागि क्रमशः डिल्ली मैनाली , नारायण ओली , ख्याम मिश्र , बालकृष्ण प्रसाईं , खेम कार्की , नवल किशोर दत्त , शिला उप्रेती ९ बजु ० , निर्मला राई , गोपाल खरेल , गंगा प्रसाद कडरिया र लक्ष्मीप्रसाद उप्रेती पनि सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ।
साधारणसभाको अवसर पारेर हालसालै निर्माण सम्पन्न भएका तिनवटा चिता निर्माणकर्ताले समितिलाई हस्तान्तरण गरेका छन । हस्तान्तरण संगै प्रमुख अतिथि प्रदेश संसद हिरा कुमार थापा ले रिवन काटेर र व्यानर पढेर उक्त चिताको उद्घाटन समेत गरेका छन । यी तीन चितासमेत कनकाई घाटमा पाँच चिता निर्माण भएका छन ।
समितिले घाटका पाँच चिता मध्ये हालै हस्तान्तरण भएको तेस्रो चिता निर्माणकर्ता उद्वार भावनाकी धनी , धार्मिक व्यक्तित्व दानविर , समाजसेवी माता तिलरुपा खड्का , चौथो चिता निर्माणकर्ता सामाजिक गतिविधिमा सधैं अवल संस्था मारवाडी सेवा समिति बिर्तामोड , पाँचौं चिता निर्माणकर्ता सामाजिक व्यक्तित्व खुला हृदयका धनी महानदाता प्रदिप मितल , द्वारिका मितल र मलामि मार्ग निर्माण गर्नुहुने सामाजिक व्यक्तित्व वरिष्ठ निर्माण व्यवसायी केदार गिरी कि माता लक्ष्मीदेवी गिरी लाई विधानमा उल्लेख भए अनुसार पाँच लाख भन्दा माथि सहयोग गर्ने दाता लाई मानार्थ सदस्य प्रदान गर्ने प्रावधान अनुसार मानार्थ सदस्यता प्रदान गरेको छ ।
उक्त सदस्यता प्रमाणपत्र प्रमुख अतिथि प्रदेश संसद हिरा कुमार थापा र कार्यक्रमका अध्यक्ष प्रभाखर कडरियाले दातालाई हस्तान्तरण गरेका छन ।
कार्यक्रममा प्रमुख अतिथि हिरा कुमार थापा , गोविन्द पौडेल , अतिथि हरु दिपेन्द्र पोखरेल , विष्णु बिमलि , नवल किशोर दत्त , दिनेश मितल, प्रेम प्रसाद दाहाल , आशा शर्मा शिवाकोटी , कुल बहादुर खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए भने विभिन्न संघ संस्थाका प्रतिनिधि , राजनितीक दलका प्रतिनिधि , उद्योगी , समाजसेवी , बुद्धिजीवी , सुरक्षा कर्मी , सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियोे ।उपाध्यक्ष युवराज संग्रौलाले उपस्थित सवैलाई स्वागत गरेको कार्यक्रमको सचिव सुर्य उप्रेतीले संचालन गरेका थिए ।

सम्बन्धित खबर