Kanakai Online

कनकाई ४ अब आफ्नै क्षेत्रमा


आइतवार, वैशाख १५, २०७६ |

कनकाई अनलाईन
कनकाई नगरपालिका वडा नं। ४ को वडा कार्यालयको एक कार्यक्रमकाबीच कार्यालय उद्घाटन गरिएको छ ।
प्रमुख अतिथि प्रदेश सभा सदस्य हीराकुमार थापाले ब्यानर पढेर र विशेष अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले रिबन काटेर कनकाई वडा नं। ४ को कार्यालयको उद्घाटन गरेका थिए । वडा नं। ४ को कार्यालय शहीद लक्ष्मी पाण्डेको शालिक दक्षिण पुराना वामपन्थी नेता कोमलप्रसाद पन्तको घरमा सञ्चालन गरिएको हो ।
कनकाई नगरमा यसअघि वडा नं। ५ , ८ र ९ मा वडा कार्यालय सञ्चालन भइसकेका छन् । यो कार्यालय नै वडा नं। ४ को पहिलो सरकारी कार्यालय समेत रहेको छ । यसअघि यहाँ कुनै पनि सरकारी कार्यालय थिएनन् ।
सो अवसरमा साविक सुरुङ्गा गाविस अध्यक्ष भीमप्रसाद अधिकारी, पूर्व जनप्रतिनिधिहरु कोमलप्रसाद पन्त, गोविन्दप्रसाद चापागाईं, लालबहादुर राई, नरेन्द्रप्रसाद मैनाली, सुमित्रा नेपाल, लक्ष्मीप्रसाद पाठक, वडा नागरिक मञ्चका पूर्व पदाधिकारीहरु रामप्रसाद घिमिरे, टीकाप्रसाद पाठकलाई आफ्नो कार्यकालमा वडा विकासको लागि पुरु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियोे ।
सम्मानित सबैलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद थापा विशेष अतिथि कनकाई नगर प्रमुख पोखरेल, उपप्रमुख मञ्जु प्रसाईं, प्रमुख प्रशासकीय अधिकृत खरुदेव चुडाल र कार्यक्रमका अध्यक्ष वडा नं। ४ का वडा अध्यक्ष गोविन्दप्रसाद पौडेलले सम्मानपत्र र खादा ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि थापा, नगर प्रमुख पोखरेल, उपप्रमुख प्रसाईं, प्रमुख प्रशासकीय अधिकृत चुडाल, वडा नं। ३ का अध्यक्ष रुद्रप्रसाद चिमरिया, पूर्व वडा अध्यक्ष कोमलप्रसाद पन्त, नेपाली कांग्रेस वडा नं। ४ का सभापति छत्रबहादुर कार्की, कार्यपालिका सदस्य सुनिता खरेल, सुरुङ्गा खानेपानी उपभोक्ता समुहका अध्यक्ष प्रेमप्रसाद दाहाल, सहकारीकर्मी शिवहरि मैनाली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
 

सम्बन्धित खबर