मनोज बस्नेत ।
कनकाई । मर्निङ्ग ग्लोरी इंगलिस स्कुलले नयाँ वर्षको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेकोछ ।
शनिबार सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरुको सहभागितामा आयोजित उक्त कार्यक्रम विभिन्न सांगितिक प्रस्तुतिका साथ सम्पन्न गरिएको हो । कनकाई नगरपालिका वडा नं.–१ मा अवस्थित उक्त विद्यालयले आफ्नो विद्यालयको अभिभावक दिवसलाई समेतलाई जोडेर कार्यक्रमको आयोजना गरेको विद्यालयका संस्थापक अशोक न्यौपानेले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा संस्थापक गोमा कोइराला न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा एल प्यापसन प्रदेश नं.–१ का अध्यक्ष तथा झापा मोडल ईङ्गलिस स्कुलका संस्थापक जयबहादुर श्रेष्ठको प्रमुख आतिथ्य तथा कनकाई वडा नं.–१ का वडा अध्यक्षन रोशनराज पोखरेलको विशिष्ठ आतिथ्यता रहेको थियो । विद्यालयका भाई प्रिन्सिपल शागर ढुङ्गानाले स्वागत सहित विद्यालयको प्रगती प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा कनकाई विहानी क्लबका अध्यक्ष मनोज बस्नेत, सुयोदय क्लबका अध्यक्ष रोहित कोईराला, गोरखापत्र दैनिक विर्तामोड सम्वादाता लीलाराज झापाली, नमुना महिला समुहकी अध्यक्ष गिता पुरी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमका विचमा एन प्यापसन झापा द्वारा आयोजित सांस्कृतिक कार्यक्रममा नृत्यवाट दितिय स्तान प्राप्त गर्न सफल भएको हर्सित हुँदै नृत्य प्रस्तुत गर्ने ९ जना छात्राहरुलाई प्रमाण–पत्र सहित पुरस्कृत समेत गरिएको थियो ।
विद्यालयमा अध्ययनरत छात्र–छात्राहरुको सांगितिक प्रस्तुती सहति सम्पूर्ण हसभागीहरुाई मनोरन्जन प्रदान गरिएको थियो । सोही विद्यालय कक्षा ८ मा अध्ययनरत छात्र सौरव लुइटेलले शुभकामना मन्तव्य राखेका औपचारिक कार्यक्रमको सञ्चालन यसै विद्यालयका पूर्व शिक्षक शुवास राई र शिक्षिका राधा लुइटेलले संयुक्त रुपमा गरेका थिए ।
![](https://kanakaionline.com/wp-content/uploads/2023/07/IMG-20230715-WA0001.jpg)
![](https://kanakaionline.com/wp-content/uploads/2023/04/CCTV-AD.jpg)
![](https://kanakaionline.com/wp-content/uploads/2023/04/attendance-copy.jpg)